काठमाण्डु / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको छ ।
बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको हो । बैठकले अर्थमन्त्री डा। युवराज खतिवडाको स्थानमा गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको हो ।
अर्थमन्त्री खतिवडाको राष्ट्रियसभाको पदावधि २० गतेबाट सकिँदैछ । राष्ट्रियसभाको पदावधि सकिएसँगै खतिवडाको मन्त्री पद पनि स्वतः सकिएको छ ।