९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
शंकर पोखरेलको नजरमा यी हुन सरकारको उपलब्धी


नेपाल लामो समयसम्म क्रान्ति र प्रतिक्रान्तिको चक्रव्यूँहवाट वाहिर आउन सकेको थिएन । वैसठ्ठी त्रिसठ्ठीको आन्दोलनको सफलतापछि त्यो आधार तयार भएको छ । २००७ सालको पहिलो जनक्रान्तिको समय देखिको आफ्नो संविधान आफै लेख्ने एजेण्डाले संविधानसभाको सफलतासंगै सार्थकता पाएको छ । अव मुलुक विकास र समृद्धिको नयाँ युगमा प्रवेश गरेको छ । यद्यपी हाम्रा पुराना सोच र व्यवहारले नयाँ अवस्थालाई आत्मसात गर्न कठिन भएको छ । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मुलुक त्यो दिशातिर अघि वढ्दैछ । यस समयका मुख्य उपलव्धिलाई यस रुपमा उल्लेख्य गर्न सकिन्छ ।

राष्ट्रिय सामथ्र्यमा वृद्धि : नाकावन्दीको पीडालाई सदैका लागि अन्त्य गर्ने गरी नेपाललाई भारतवेष्ठित अवस्थावाट भूजडित अवस्थामा पुर्याउने काम भएको छ । जमिनमा मात्र होइन, आकास र समुद्रमा नेपालको हक स्थापित गर्ने प्रकृया अघि वढेको छ । छिमेकीहरुका सम्वन्ध समानताको नीतिका आधारमा स्थापित गर्ने प्रकृया अघि वढेको छ । उत्तर दक्षिणका दुवै छिमेकीवाट नेपालको विकास प्रयासमा सार्थक सहयोग पाउन सरकार सफल भएको छ । अन्तर्राष्ट्रिय स्तरमा नेपालको कुरा सुन्ने स्थिति बनेको छ । नेपालभित्र मात्र होइन, नेपाल वाहिरसमेत नेपाली प्रधानमन्त्रीलाई सुन्न चाहने जमात वढ्दो छ । समग्रतामा नेपालको वाह्य प्रतिष्ठा र आन्तरिक सामथ्र्यमा वृद्धि हुँदैछ ।

पूर्वाधार विकासमा उल्लेख्य परिणाम देखिदैछ : सडक पूर्वाधारमा ४ वटा पूर्वपश्चिम लोकमार्ग निर्माण र विस्तारको प्रकृया सुरु भएको छ । आधा दर्जन उत्तर दक्षिण करिडोर निर्माणको कामले तिव्रता पाएका छन । नेपालका सबै ७७ जिल्ला सडक सञ्जालवाट जोडिएका छन । सवै सदरमुकामलाई मुख्य लोकमार्गवाट डेडिकेटेड रोडवाट जोड्ने प्रकृया अघि वढेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तथा विस्तारको अन्तिम चरणमा छन । निजगढको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रकृया सुरु भएको छ । क्षेत्रीय र स्थानीय विमानस्थलहरुको सुधारको काम छोटो समयमा नै सम्पन्न भएका छन । आधा दर्जन विमानस्थलवाट रात्रीकालिन उडान सुरु भएको छ । तराईको सदरमुकामको आधुनिकीकरण योजनाका परिणाम देखिन थालेका छन ।

विगतको तुलनामा तराईका सदमुकामको मुहार नै फेरिएको छ । लोडसेडिङ मुक्तवाट नेपाल अव विजुलीको खपत वढाउने र निर्यात गर्ने अवस्थामा पुग्न लागेको छ । सिचाईका ठुला आयोजनाहरु अन्तिम चरणमा पुगेका छन । नदी पथान्तर योजनाले सार्थकता पाउँदैछन् । गाउपालिकासम्म सडक सञ्जालवाट जोड्ने प्रकृया सुरु भएको छ । मुलुक सुरुङ मार्गतर्फ प्रवेश गर्न लागेको छ । राजधानीका सडकको अवस्थामा उल्लेख्य सुधार देखिदैछ । सडक र हवाई मात्र होइन, रेल, पानीजहाज र केवलकार नेपालको यातायात प्रणालीका रुपमा स्थापित गर्ने प्रकृया सुरु भएको छ ।

सामाजिक क्षेत्रमा राज्यको भूमिका वढ्दो छ : विगतमा सरकारी कर्मचारीहरुले मात्र पेन्सन पाउने अवस्था रहेकोमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत सवै श्रमिजीवीहरुले पेन्सन पाउन सक्ने कानुनी र संरचनागत आधार तयार भएको छ । सामाजिक सुरक्षा कार्यक्रमका दायरा र रकममा उल्लेख्य वृद्धि गरिएको छ । शिक्षा र स्वास्थामा सुधारको प्रकृया अघि वढेको छ । सामुदायिक विद्यालयको अवस्थामा सुधार देखिदैछ । प्राविधिक धारतर्फको शिक्षामा उल्लेख्य वृद्धि भएको छ । पालिकास्तरमा १५ सैय्याको अस्पताल निर्माणको प्रकृया अघि वढेको छ । काठमाडौं वाहिर सबै प्रदेशमा विशेषज्ञ अस्पताल निर्माणको प्रकृया अघि वढेको छ । स्वास्थ विमा कार्यक्रम अघि वढ्दैछ । दिगो विकास लक्ष अनुरुप सामाजिक क्षेत्रको विकासलाई तिव्रता दिइएको छ ।

नीजि क्षेत्र र वैदेशिक लगानीमा उल्लेख्य वृद्धि भएको छ : पछिल्लो समयमा मुलुकभित्र र वाहिरको लगानीमा उल्लेख्य वृद्धि भएको छ । हरेक प्रदेशमा नयाँ औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्तीको काम सम्पन्न भएको छ । गाउँ र नगरस्तरमा औद्योगिक ग्राम निर्माणको प्रकृया अघि वढेको छ । प्रदेश र स्थानीय सरकारले लगानीका लागि अनुकुल आधार तयार गरिरहेको अवस्था छ । सिमेन्टको उत्पादनमा नेपाल आत्मनिर्भर वन्न सफल भएको छ । खनिज सम्पदानको अन्वेषण र उत्खननको प्रकृया सुरु भएको छ । फलाम र तेल जस्ता खनिज सम्पदाको व्यावसायिक उपयोगका लागि अन्वेषणको काम अन्तिम चरणमा पुग्दैछ । नयाँ क्षेत्रहरुमा खनिज सम्भावनाहरु देखिएका छन् ।

नेपाल कृषि क्षेत्र निर्वाहमुखी अवस्थावाट वाहिर आउदैछ : नेपालको कृषि क्षेत्र लामो समयसम्म निर्वाहमुखी अवस्था रह्यो । पछिल्ला समयमा यस क्षेत्रको रुपान्तरणका प्रयासहरुले सार्थकता पाउन थालेका छन् । कुखुरा अण्डालगायत माछा–मासुको उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । दुध उत्पादनमा आत्मनिर्भरतातर्फ अघि वढेका छौं । तरकारीमा परनिर्भरता कम हुँदै गएको छ । मुख्य खाद्यान्न वालीको वृद्धिदर राम्रो छ । व्यावसायिकताका प्रवृत्तिहरुले तिव्रता पाएका छन् । तर राज्यको लगानीको सही प्रतिफल पाउन नसकेको अनुभवका आधारमा त्यसमा सुधारको प्रकृया समेत सुरु भएको छ । जमिन र जनशक्तिमा कमीका वावजुत उत्पादकत्वमा निरन्तर वृद्धि भइरहेको छ ।

घरेलु उद्योग र सिल्प व्यवसायले पुनर्जिवन पाउदैछन : पछिल्लो समयमा नेपाली घरेलु उद्योग र सिल्प व्यवसायको पुनर्जिवन पाउदैछन् । त्यस क्षेत्रमा नयाँ पुस्ताको प्रवेश हुन थालेको छ । पछिल्लो समयमा गरीवी निवारणमा यस क्षेत्रले महत्वपूर्ण योगदान दिने अवस्था सिर्जना हुदैछ । व्राण्डिङ र बजारीकरणको प्रकृयासमेत अघि वढ्दैछ । विदेशमा निर्यात हुने महत्वपूर्ण वस्तुका रुपमा यसको सम्भावना वढ्दो छ ।

पर्यटन क्षेत्रको विस्तार हुदैछ : विगतमा पर्यटनको कुरा गर्दा काठमाडौं, पोखरा र चितवन मात्र हुन भन्ने अवस्था चिरिदै गएको छ । नयाँ नयाँ पर्यटकीय गन्तव्यको पहिचान र विकास सुरु भएको छ । लुम्विनी विश्व पर्यटनको आकर्षक गन्तव्य वन्ने सम्भावना देखिदैछ । काठमाडौं सिमित तारे होटेलहरु वहिर समेत खुल्न सुरु भएका छन् । पर्यापर्यटनका नयाँ गन्तव्यको विकास भइरहेका छन् । धार्मिक तथा ऐतिहासिक क्षेत्रको विकास र संरक्षणले तिव्रता पाएका छन् । आन्तरिक रुपमा भ्रमण गर्ने सस्कृतिको विकास भएको छ । कर्णाली र सुदुर पश्चिम क्षेत्रमा समेत नयाँ पर्यटकीय गन्तव्यको निर्माण भइरहेका छन् ।

सडक पूर्वाधारमा ४ वटा पूर्वपश्चिम लोकमार्ग निर्माण र विस्तारको प्रकृया सुरु भएको छ । आधा दर्जन उत्तर दक्षिण करिडोर निर्माणको कामले तिव्रता पाएका छन । नेपालका सबै ७७ जिल्ला सडक सञ्जालवाट जोडिएका छन । सवै सदरमुकामलाई मुख्य लोकमार्गवाट डेडिकेटेड रोडवाट जोड्ने प्रकृया अघि वढेको छ

डिजिटल नेपाल तर्फको यात्रा सुरुभएको छ : सूचना र प्रविधिको क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गर्दैछ । अप्टिकल फाइवर विस्तार योजनाले तिव्रता पाएका छन् । नेपालको आफ्नै भूउपग्रहको परियोजना अघि वढदैछ । विद्युतीय कारोवार र अभिलेख प्रणालीको विकास गरिदैछ । राष्ट्रिय परिचय पत्रको कार्यक्रम संगै एकीकृत विद्युतीय अभिलेख प्रणाली स्थापित हुने अवस्थामा पुगेको छ । यसवाट शासकीय सुशासनमा उल्लेख्य सुधार हुने अपेक्षा गरिएको छ ।

जहासम्म कमजोरीको कुरा छ जनअपेक्षा अनुरुप कामलाई अझै तिव्रता दिन सकिएको छैन । भएका कामहरुको प्रचार प्रसार हुन सकेको छैन । सुधार र रुपान्तरणका वाधक तत्वहरुलाई चिन्हित गर्न र भण्डाफोर गर्न सकिएको छैन । विकास र समृद्धिका लागि आवश्यक राष्ट्रिय मनोविज्ञानको निर्माण गर्न सकिएको छैन । पार्टीसंगको सहकार्य र सामञ्जस्यता कायम हुन सकेको छैन । भ्रम र अन्योलता चिर्न सकिएको छैन । आर्थिक सामाजिक विकास र रुपान्तरणका लागि आवश्यक मात्रामा जनताको समर्थन जुटाउन सकिएको छैन । पार्टीको नेतृत्व तह र संसदभित्रको असन्तुष्टिलाई व्यवस्थापन गर्न सकिएको छैन । शहरी र मध्यम वर्गीय तप्कालाई विश्वासमा नलिकन सरकारका राम्रा कामको प्रचार प्रसार गर्न कठिन हुने यथार्थतालाई सरकारले आत्मसात गर्न सकेको देखिदैन । भष्टाचारजन्य क्रियाकलापलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न र अनुभूतहुने गरी सुशासन कायम गर्न अझै जोड पुगेको छैन ।

(प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य पोखरेलसँग गरेको कुराकानीमा आधारित)

Nabintech