२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
शाहीको उपचारकै क्रममा मृत्यु


कोहलपुर/ राष्ट्रिय युवा संघ नेपाल बाँके कि नेतृ एंव नेकपा कोहलपुर नगर कमिटी सदस्य गिता शाही लाई पितृ शोक परेको छ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी द्धारा सञ्चालित जनयुद्ध का एक इमानदार कर्तव्यनिष्ठ नेता समेत रहेका शाहीका पिता रामबहादुर शाही कुबेरको बिहीवार बिहान निधन भएको हो ।
शाहीले जनयुद्धका क्रममा राजनीतिक कार्यकर्ता साथै एक स्वास्थ्यकर्मीकारुपमा पनि भुमिका निर्वाह गर्नु भएको नेकपा कोहलपुर नगर कमिटीका सचिव तुला राज बिष्ट बिहानिले जानकारी दिए ।
शाही विगत लामो समय देखि कलेजो सम्बन्धि रोगबाट पिडीत हुनु हुन्थ्यो । ६३ बर्षिय शाहीको उपचारकै क्रममा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उहाँको निधन भएको पारीवारीक श्रोतले जानकारी दिएको छ ।
राम बहादुर शाही दैलेख बाट बसाई सराई गरि लामो समय देखि कोहलपुर ११ मा बसोवास गदै आउनु भएको थियो ।

Nabintech