१४ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
भेरी अस्पताल पाँच सय शैयाको बन्दै


कोहलपुर / १ सय २० शैयाको भेरी अस्पताललाई पाँच सय शैया क्षमताको बनाउने कार्य अगाडी बढेको छ । चालु आर्थिक वर्ष २०७७/७८ को नीति कार्यक्रममा विशिष्टीकृत गर्ने निर्णयसंगै पाँच सय शैया क्षमताको बनाउने कार्य अगाडी बढेको हो ।

मंगलवार अस्पताल लगायत जिल्लाको स्वास्थ्य अवस्थाका विषयमा नागरिक सरोकार समिति बाँकेले बृहद छलफलको आयोजना गरेको छ । छलफलमा बाँकेका संघीय सांसद महेश्वर गहतराज अथकले ढिलै भएपनि पूर्वाधार विकासको काम भैरहेको भन्दै अस्पतालको विकासकालागि सबैले सहयोग गनुपर्ने धारणा राखेका छन् । साँसद अथकले नागरिकलाई स्वास्थ्य सेवाको मूल प्रावाहमा ल्याउनु पर्ने बताए ।
कार्याक्रममा साँसद मोहद ईस्तियाक राई, प्रदेश सांसद याकुव अन्सारी, नेपालगन्जका मेयर धवल शम्सेर राणा लगायत सरोकारवाला निकायका अगुवाकोे उपस्थिती रहेको थियो । सो कार्यक्रमममा अस्पतालको स्तरोन्नतीका लागि आआफ्नो ठाउँमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

पश्चिमकै ठूलो रेफरल सरकारी अस्पतालका रुपमा रहेको भेरीमा ढिलै भएपनि पूर्वाधार विकासको काम भए पनि दरबन्दी अनुसारका कर्मचारी भने छैन । कर्मचारीको व्यवस्थापन गर्न सरकारका तर्फबाट भइरहेको उदासिनताले अस्पतालको सेवा प्रभावित बनेको छ ।

 

Nabintech