१४ आश्विन २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सूर्योदयमा अक्षयकोषको स्थापना


कोहलपुर / सूर्योदय माध्यमिक विद्यालय चिसापानीका पुर्व बिद्यार्थी परशुराम उपाध्याय र डा. गंगा प्रसाद उपाध्यायले बिद्यालयमा १ लाख ११ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थपना गरेका छन ।
सो बिद्यालयबाट शैक्षिकसत्र २०५५ सालमा माध्यमिक शिक्षा पूरा गरेका परशुराम उपाध्याय र उनका भाई डा.गंगा प्रसाद शर्माले उक्त अक्षयकोषको स्थापना गरेका हुन । परशुराम हाल डुडुवा गाउँ पालिका बाँकको प्रमुख प्रशासकीय अधिकृत छन भने उनका भाइ डा.गंगा प्रसाद शर्मा ( हाल अमेरिका ) मा रहेका छन ।
सूर्योदय माध्यमिक विद्यालय चिसापानीमा अध्ययनरत जेहेन्दार तथा गरीब विद्यार्थीहरुलाई प्रदान गर्ने गरि निर्जला देवी÷जनक पुरस्कार अक्षयकोष स्थापनाका गरिएको बिद्यालयका प्रध्यानाध्यापक जय बहादुर बिष्टले जानकारी दिए ।
उक्त कार्यक्रममा बैजनाथ गाउँपालिका वडा न. १ का अध्यक्ष रुप बहादुर मल्ल र विद्यालयका प्रधानाध्यापक जय बहादुर विष्ट लगायतको सहभागिता रहेको थियो ।
प्र.अ . बिष्टले पवित्र काममा विद्यालयलाई सम्झेर अक्षयकोष स्थापना गरेकोमा आभार व्यक्त गरेका छन ।

Nabintech