२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मितव्ययी बन्दै कोहलपुर नगरपालिका


कोहलपुर (बाँके)/ कोरोनाको महामारीकाबीच कोहलपुर नगरपालिकाले नियम बिपरीत राखिएका कर्मचारी हटाएको छ ।
कोहलपुर नगरपालिका स्रोतले   प्रेस सल्लाहकार,स्वकिय सचिव र कानुनी सल्लाहकार हटाईएको नयाँ कोर्सलाई बताए । स्रोतअनुसार अनुसार २०७७ जेठ २५ गतेको कार्यपालिका बैठकमा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले ३ जना कर्मचारी हटाउने प्रस्ताव गरेपछि बैठकले उक्त प्रस्ताव सर्वसम्मत रुपमा परित गरेको हो ।
स्रोतका अनुसार यता ति कर्मचारीको नाममा दिदै आएको सेवा बन्द गरिएको नयाँ कोर्सलाई बताए ।
आर्थिक बर्ष ०७४/७५ मा उप प्रमुख सञ्जु कुमारी थारुको स्वकिय सचिवको नाममा दिईएको सुबिधाको रकम बेरुजु देखिए पछि उनलाई पनि अघिलो आर्थिक बर्षमा नै हटाईएको उप प्रमुख सञ्जु थारुले जानकारी जानकारी दिईन ।
उप प्रमुख थारुले प्रमुख लुट बहादुर रावतले आवश्यकता महसुस गरेपछि राखिएका २ जना सल्लाहकार र स्वकिय सचिव प्रमुख रावतकै प्रस्तावमा हटाईएको बताईन । उनले प्रमुख रावतले प्रस्ताव राखे लगतै सर्वसम्मत रुपमा उक्त निर्णय पास गरिएको नया कोर्सलाई जानकारी दिईन ।
उनले प्रमुख रावतको आग्रहमा सर्ब सम्मत रुपमा उक्त निर्णय गरिएको भए पनि निर्णय पुस्तिकामा नलेखिएको समेत नयाँ कोर्सलाई बताईन ।
महालोखा परिक्षणको कार्यलयले प्रेस सल्लाहकार, स्वकिय सचिव र कानुनी सल्लाहकारका नाममा दिईएको सेवा सुबिधा अबैधानिक भएको यस अघि नै उल्लेख गरेको थियो । प्रतिबेदनका अनुसार प्रेस सल्लाहकार र स्वकिय सचिवले नायव सुव्वा र कानुनि सललाहकारले अधिकृत तहको सेवा सुबिधा लिदै आएकोमा सो सुबिधा रोक्न र यस अधि लिएकोे हाल सम्मको रकम असुल उपर गर्न भनेको छ ।

Nabintech