११ माघ २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
समाचार प्रभाव : कञ्चन मिनरल वाटर उद्योग शिल


कोहलपुर / कोहलपुर १२ स्थित कञ्चन मिनरल वाटर उद्योग शिल गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङले कन्चन मिनरल वाटर उद्योगद्धारा उल्पादीत आरुष ब्रान्डको पानीमा फोहोर भेटिएको हुदा उद्योगलाई तत्काल शिल गरि परिक्षणको लागि प्रयोगशाला पठाइएको जानकारी दिए ।


परिक्षण पछि कैफियत भेटिएमा कालो बजार ऐन अंतरगत मुद्दा चलाई हदै सम्मको कारबाही गरिने उनले बताए ।
कोहलपुर ११ को न्यु सुर्खेति होटलमा रहेको पानीको बोतलमा लेउ जस्तो अखाद्य बस्तु भेटिएको बारे नयाँ कोर्स अनलाईनले समाचार प्रकाशन गरेको थियो ।
होटलबाट उक्त पानी बरामद गरि आवश्यक कार्यवाहीका लागि जिल्ला प्रशासन कार्यालय बाँके पठाईएको थियो ।

Nabintech