६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर बसपार्कमा परामर्श केन्द्र तथा हेल्पडेस्कको स्थापना


 

बाँकेको कोहलपुर बसपार्कमा कोरोना भाईरस (कोभिड १९) विरुद्ध पूर्वतयारी अपनाउँदै परामर्श केन्द्र तथा हेल्पडेस्कको स्थापना गरिएको छ । कोहलपुर नगरपालिका स्वास्थ्य शाखाले बसपार्कमा हेल्प डेस्कको स्थापना गरेको हो ।
हेल्पडेस्क स्थापना कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले विश्व महामारीको रुपमा देखिएको कोरोना भाईरस ( कोभिड १९) बारे सर्तकता अपनाउन आग्रह गरे । उनले कोहलपुर बसपार्क मानिसहरुको आवतजावत गर्ने ट्रान्जिट प्वाइन्ट भएकाले हेल्पडेस्कको स्थापना गरिएको बताए । साथै उनले कुनैपनि शंकास्पद विरामी भेटिएमा हेल्पडेस्कका कर्मचारीलाई जानकारी दिन आग्रह गरे ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख अगंत बहादुर शाहीले बाँकेमा कोरोना भाईरस विरुद्ध जमुनाह नाका, सुइया नाका राझा विमानस्थल नेपालजग तथा ,कोहलपुर बसपार्कमा गरी ४ ठाँउमा हेल्पडेस्कको स्थापना गरिएको बताए ।
कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले दैनिक २ सिफ्टमा २/२ जना कर्मचारी हेल्पडेस्कमा खटिने जानकारी दिए ।

Nabintech