१५ आश्विन २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
पुस्तकालय दिवसका अवसरमा मास्क वितरण


कोहलपुर/ “समाज रुपान्तरणका लागि पुस्तकालय’ भन्ने नाराका सोमवार पुस्तकालय दिवस मनाइँदैछ ।
नेपाल सरकारले राष्ट्रिय पर्वका रुपमा देशव्यापी रुपमा भदौ १५ लाई राष्ट्रिय पुस्तकालय दिवस मनाउने निर्णय गरेसँगै यस वर्ष १३ औं राष्ट्रिय पुस्तकालय दिवस मनाइएको हो ।

अघिल्ला वर्षहरुमा दिवसलाई भब्य रुपमा मनाउन सरकारले समेत विभिन्न कार्यक्रम आयोजना गर्दै आएकोमा यस वर्ष कोरोना कहरका कारण दिवसलाई भब्य बनाउन नसके पनि कोहलपुरमा मास्क वितरण गरेर दिवस मनाइएको छ । ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरको आयोजनामा सोमबार नगरका प्रमुख स्थानहरुमा बाटोमा हिड्ने बटुवा, पैदल यात्रु तथा सवारी चालकलाई मास्क वितरण गरिएको छ ।

कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख अनन्त कुमार पौडेल, नेपाल राष्ट्रिय सामुदायिक पुस्तकालयका केन्द्रिय उपाध्यक्ष जयश्वर पौडेल र ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरका अध्यक्ष चेतकान्त भट्टराईले कोहलपुर चौराहबाट मास्क वितरण गरेर कार्यक्रम शुभारम्भ गरेका हुन् ।
नगर शिक्षा शाखा प्रमुख पौडेलले अघिल्ला वर्षहरुमा विविध रुपमा भव्य कार्यक्रमकाबीच दिवस मनाउँदै आएपनि वर्तमान समयमा कोरोना कहरकाबीच कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालयले सामाजिक दुरी कायम गर्दै दिवसको अवशरमा मास्क वितरण गरेर दिवसलाई निरन्तरता दिन सफल भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

यस्तै नेपाल राष्ट्रिय सामुदायिक पुस्तकालय संघका केन्द्रिय उपाध्यक्ष पौडेलले पुस्तकालय दिवसको अवशरमा अघिल्ला वर्षहरुमा वृहत रुपमा सप्ताहव्यापी रुपमा सामुदायिक पुस्तकालयहरुले भव्य रुपमा मनाउँदै आएकोमा यस वर्ष भव्य रुपमा मनाउन नसकेपनि दिवसका अवशरमा आयोजना हुने कार्यक्रमहरु कोरोना कहर सामान्य अवस्थामा आएपछि ती कार्यक्रमहरु आयोजना गरिने बताए । उनले नेपालमा रहेका सामुदायिक पुस्तकालयहरुले सरकारको कार्यक्रमलाई पु¥याइरहेको योगदानबारे पनि चर्चा गरे ।

पठन संस्कृति बढाउनका साथै हरेक स्थानीय तहमा पुस्तकालयको स्थापना गराउन प्रवर्द्धन गर्दै सामुदायिक र निजी क्षेत्रका पुस्तकालयले विभिन्न कार्यक्रम गरी दिवस मनाउँदै आएकोमा यस वर्ष निरन्तता स्वरुप मास्क वितरण कार्यक्रम आयोजना गरेको ज्ञानोदयका अध्यक्ष चेतकान्त भट्टराईले बताएका छन् ।
नेपालमा औपचारिक रूपमा वि.सं. १८६९भाद्र १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गरिन्छ । पुस्तकालयका क्षेत्रमा भएका गतिविधिहरू एवम् पुस्तकालयको आवश्यकता बारे जानकारी गराउने उद्देश्यका साथ नेपालमा वि.सं.२०६५ देखि भाद्र १५ लाई “पुस्तकालय दिवस” को रूपमा मनाउन सुरू गरिएको हो । यस अर्थमा नेपालमा संस्थागत रूपमा पुस्तकालयस्थापना भएको २०० वर्ष भन्दा लामो इतिहास पूरा भएको छ ।

Nabintech