९ आश्विन २०७७, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
पूर्वी लद्दाखमा फेरि भारत र चिनियाँ सेनाबीच झडप


एजेन्सी / लद्दाखमा भारत र चिनियाँ सैनिकबीच फेरि झडप भएको छ । भारतले चिनियाँ सेनाले पूर्वी लद्दाखको सीमामा भएको सहमति उल्लंघन गरेकाले झडप भएको जनाएको छ । भारतले चिनियाँ सैनिकहरूले उक्साहटपूर्ण कदमहरू चाल्दा भारतले त्यसको प्रतिकार गरेको जनाएको छ ।

भारतीय सेनाको विज्ञप्तिमा भनिएको छ, ‘भारतीय सेनाले पाङगोङ सो तालमा चिनियाँ सैनिकहरूको उक्साहटपूर्ण कदमलाई रोकेको छ । भारतीय सेना वार्ताबाट शान्ति पुनर्स्थापनाको पक्षमा छ तर यसको साथै आफ्नो क्षेत्रको अखण्डतालाई जोगाउन पनि प्रतिबद्ध छ । यस विवादबारे ब्रिगेड कमाण्डर तहमा बैठक भइरहेको छ ।’

भारतीय सेनाका अनुसार यो झगडा २९ अगस्टको रातमा भएको थियो । भारतीय सेनाले चिनियाँ जनमुक्ती सेना ९पीएलए० ले सीमामा यथास्थिति परिवर्तन गर्न खोजेको थियो, तर सतर्क भारतीय सैनिकहरूले त्यसो हुन नदिएको बताएको छ ।

Nabintech