२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
प्रेम कृषी कर्म तर्फ होमिए


कोहलपुर (बाँके) /  प्रेम पुलामी मगर पेशाले समाज सेवी अर्थात राजनितिज्ञ हुन । तर, अहिले उनको परिचय फेरीएको छ । राजनीतिसंग/संगै उनि कृषी कर्म तर्फ होमिएका छन । पुलामीले कोहलपुर २ मा जय लक्ष्मि पशु पंक्षी तथा कृषी फर्म सञ्चालनमा ल्याएका छन ।
फर्ममा हाल उनले लोकल कुखुरा,हाँस र बाख्रा पालन गदै आएका छन । गत चैत्र देखि सञ्चालनमा ल्याएको फर्ममा लोकल कुखुरा,कडकनाथ कुखुरा, हाँस, लौकाठ, टर्कि र बटाई लगायतका पंक्षिहरुको चल्ला र मासु उत्पादन गर्ने लक्ष्य रहेको उनि बताउँछन । उनको फर्ममा अहिले झण्डै २ सयको हाराहारीमा लोकल कुखुरा र हाँस, २ दर्जन बाँख्रा रहेको छ ।
ग्रामिण जातका लोकल कुखुरा, हाँस र लौकाठका चल्ला बिक्रि गर्ने लक्ष्य रहेको छ । पुलामिका अनुसार जिल्लामा अन्य बाहिरी जिल्लाबाट ति जातका चल्लाहरु आयात गर्ने गरिएको छ ।
पुलामी राजनितीसंग सगै जिवन निर्बाहका लागि व्यवसाय गर्नु अनिवार्य रहेको बताँउछन । कम्युनिष्ट कार्यक्रर्ता हुनुको नाताले उत्पादन मुलक कृषी कर्म तर्फ आर्कर्षित भएको उनको भनाई रहेको छ । पुलामी हाल कोहलपुर नगरपालिका वडा नं २ स्थित लक्ष्मी माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुन ।

Nabintech