२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर उद्योग बणिज्य संघमा आयकर संकलन शिविर


कोहलपुर/बाँकेको कोहलपुरमा आईतवार देखी आयकर संकलन शिविर संचालन भएको छ । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको समन्वय र कोहलपुर उद्योग वाणिज्य संघको आयोजनमा संचालित आयकर संकलन शिविर आईतबार उद्घाटन गरिएको कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र अधिकारीले जानकारी दिए । उद्योगी व्यवसायीहरुलाई राजश्व बुझाउनका लागि आन्तरिक राजश्व कार्यालयमा जानुपर्ने बाध्यतालाई सहज गर्दै कोहलपुर उद्योग वाणिज्य संघले सो सुविद्या कोहलपुरमा दिने अध्यक्ष अधिकारीले बताए ।
शिविरमा बोल्दै प्रमुख अतिथी समेत रहेका उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले ७५ प्रतिशत आयकर छुट ,उद्योग कलकारखाना दर्तामा सम्पुर्ण छुट भएको बताए । साथै उक्त कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले कोहलपुर क्षेत्रका करिब १ हजार बढि व्यवसायीहरु लाभ लिन सक्ने बताएका छन् । उनले कोहलपुर क्षेत्रका व्यवासयाी लाई सहज होस भन्ने उदेश्यले शिवीर सञ्चालन गरिएको बताए ।
कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले कोहलपुरमा संचालित आयकर संकलन कार्यक्रमले व्यवसायीहरुको समय र आर्थिक समेत बचत हुने विश्वास व्यक्त गरे ।

Nabintech