१७ फाल्गुन २०७७, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
‘आफ्नो मान्छे बाँचेको छ वा मरेको छ त्यो पनि थाहा पाइएन’


बर्दिया / बढैयाताल गाउँपालिका –५ जगतिया गाउँकि मगन्ती थारुको जीवन यापन गर्न कुनै सपना थिएन ।

छोरी र दुईवटा छोरा जेनतेन उच्च शिक्षा हासिल गराउँने योजना बुनेकी उनको जीवन पीडामा गुज्रिरहेको छ । २०५८ साल मंसिर २७ गते बाट उनको कालरात्री शुरु भएको उनी सम्झिन्छन् । श्रीमान शिबशरण कोहलपुर आफन्त कहाँ जादा बीच बाटोमा राज्य पक्षका प्रहरीले पक्राउ गरे ।

चार महिना बिभिन्न हिरासतमा यातना सहदै कारागार पुगेका उनी चैत २१ गते गुलरियास्थित कारागारबाटै बेपत्ता पारिए । त्यसपछि पीडामा बाँचेकी उनी श्रीमानको सहारा चाहिँदा भित्तामा टाँसेको फोटो हेर्न विवश छन् । उनी भन्छिन, ‘आफन्त गुमाएको पीडा देश चलाउनेले बुझेनन्, आफ्नो मान्छे बाँचेको छ वा मरेको छ त्यो पनि थाहा पाइएन ।’

दश वर्षे द्वन्द्वमा राज्य र बिद्रोही पक्षबाट आफन्त गुमाएको प्रश्र पीडामा रहेको यो प्रतिनिधि घटनाले पुष्टि गर्छ । बर्दियामा बेपत्ता भएका २ सय ७८ व्यक्तिका परिवार यस्तै पीडामा बाँच्न विवश छन् । सास देउ कि लास देउ भनेर वर्षोदेखि सडकमा उत्रिएका बेपत्ता परिवार अहिले सम्म राज्यबाट बेवास्ता भईरहँदा उनीहरू आक्रोशित भएका छन् ।

२०६० फागुन ३० गते बिद्रोही पक्षका नेता पदम रिजाले भनेका कुरा सम्झिदा बढैयाताल गाउपालिका ९ मुनालबस्तीकी जुना सापकोटालाई सम्हालिन गाह्रो हुन्छ । श्रीमान नारायण सापकोटालाई बिद्रोही माओबादी रिजालले फर्काउँने बाचा गरेको उनको मानसपटलमा अझै ताजा छ । ‘माओाबादीका नेता रिजालले घर ल्याईदिने भन्दै लगेका थिए,’ उनले भनिन, ‘तर वर्षो बितिसक्दा पनि श्रमिानको अवस्था अज्ञात छ ।

उनले चैत २ गते मारेको खबर त पाईन, तर शव हेर्न पाईनन् । बिभिन्न संघ संस्था धाउदा पनि श्रीमानको बाचेको वा मरेको भन्ने प्रमाण सम्म पाउँँन नसकेको उनी गुनासो गर्छिन ।

Nabintech