९ आश्विन २०७७, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
साम्यवाद बारे केही कुरा

साम्यवाद भनेको के हो ?



शत्रु जागेको बेला, उसको ढलिमलिले गरिखानेहरुमाथि शोषण बढाएको बेला नै हो सबैभन्दा बढी आवश्यकता अक्टोबर क्रान्ति, वैज्ञानिक समाजवाद, साम्यवाद र कम्युनिज्मको ।

साम्यवाद भनेको के हो ?

आफूलाई कम्युनिस्ट भन्ने तर कम्युनिज्मबारे कहिल्यै विषद छलफल गर्न नचाहने भयो हामीकहाँ । धर्मशास्त्र जस्तो, आफूलाई सजिलो लागेको, आफूलाई फाइदा भए बाँकीलाई त के ? भनेजस्तो गरी हाम्रो आन्दोलन अघि बढ्यो, बढाइयो । प्रश्नलाई निषेध गर्ने, बहसलाई आरोपित गर्ने, अध्ययन, छलफललाई बिग्रने यात्राको रुपमा प्रचार गरेर नोकरशाही एकमना मात्रै हैन, पुच्छर समूह बनाउन हाम्रो आन्दोलनको सबैभन्दा बढी तागत खर्च गरियो । चाहिएको हामीलाई प्रश्न गर्ने, अध्ययन गर्ने, चिन्तन, बहस, छलफल गर्ने विशाल पंक्तिको थियो । तर हामी त्यसबाट भाग्यौँ या त्यसप्रति रुची राखेनौं । त्यसैले नै नेपाली कम्युनिस्ट अन्दोलन आजको अवस्थाबाट गुज्रन वाध्य भैरहेको छ । नेता मात्र होइन, कमरेड चाहिएको हो ।

आजको समय सबैभन्दा बढी ग्रसित छः साम्राज्यवादी, पुँजीवादी हुँकारबाट, जो कलुषित र त्याज्य हुँकार सिवाय केही होइन । संसारभर क्रान्तिकारी आन्दोलन, समाजवाद, साम्यवादविरुद्धको धावा तेज बनाएको छ पुँजीवादले । अक्टोबर क्रान्तिको सन्दर्भ, वर्गीय दुनियाँ मेटाउने र निवर्गीय दुनियाँ विकास गर्ने कुरा सबैभन्दा चाहिएको नै अहिले हो । शत्रु जागेको बेला, उसको ढलिमलिले गरिखानेहरुमाथि शोषण बढाएको बेला नै हो सबैभन्दा बढी आवश्यकता अक्टोबर क्रान्ति, वैज्ञानिक समाजवाद, साम्यवाद र कम्युनिज्मको ।

साम्यवादको यात्राबारे व्याख्या गर्दै कमरेड माओले बिस्तारमा भन्नुभएको छ – “साम्यवाद सर्वहारावादी विचारधाराको पूर्ण व्यवस्था हुनुका साथै नौलो सामाजिक व्यवस्था पनि हो । यो कुनै पनि अरु विचारधारात्मक र सामाजिक व्यवस्था भन्दा बेग्लै छ, र यो मानव इतिहासमा सबभन्दा पूर्ण, प्रगतिशील, क्रान्तिकारी र युक्तिसंगत व्यवस्था हो । सामन्तवादको विचारधारात्मक र सामाजिक व्यवस्था त अब इतिहासको अजायव घरमा मात्र रहेको छ । पुँजीवादको विचारधारात्मक र सामाजिक व्यवस्था पनि संसारको एक भागमा (सोभियत संघमा) अजायब घरको एक चिज भइसकेको छ, र अरु देशहरुमा यो “छिटो छिटो डुब्दै गइरहेको मरणशील मान्छे, पश्चिममा पहाडतिर अस्ताउन लागेको सूर्यझैं” छ, र यसलाई छिट्टै, अजायब घरमा लगेर राखिने छ । साम्यवादको विचारधारात्मक र सामाजिक व्यवस्था मात्रै आज सुन्दर जवानीले भरिभराउ छ र यो पहाड पन्छाउने र समुन्द्र पल्टाउने गति र बज्रको शक्ति लिएर संसारमा फिँजिदै छ ।” (नौलो जनवादका विषयमा, जनवरी, १९४०० )

जुन समृद्धिको कुरा छ, हामी कहाँको संविधानवाला संसदीय उन्मुख समाजवाद या हामीले उठाइरहेको वैज्ञानिक समाजवादमा के हुने हो रु केलाई समृद्धि भन्ने ? कतिलाई रु समृद्धि त हुन्छ नै तर कतिलाई, कसलाई र कति ? दश प्रतिशत मानिसलाई, नाइकेहरुलाई, अगुवाहरुलाई, ब्रोकरहरुलाई त छेलेखेलो नै पुग्ला समृद्धि । बाँकीलाई त जुन हैसियतमा साहुहरु त्यो स्तरको समृद्धि त कहाँको स्रोतसाधनले पुग्छ र मिल्ने समृद्धि रु मानव समाजको यत्नमा, यो धर्तीमा जति स्रोत र साधनहरु छन् त्यसले कतिलाई, कति दिनलाई र कतिसम्म पुग्छ समृद्धि भनेर हामीले हिसाब किताब गरेका छौं ?

हामीसँग क्षमता नभएको हैन । हामी अहिले पनि एक अरब गाडीहरु बनाउन सक्छौं बर्षमा, विश्वभर जम्मा भएको प्रविधिको योगमा । तर त्यसलाई गुडाउने ठाउँ, बनाउने पदार्थ, चलाउने तेल, बिजुली, उर्जा कति पुग्छ हिसाब गरौं । जहाँ औद्योगिक कृषि गरिएको छ, त्यहाँ साठी बालीभन्दा बढी खेति नै हुँदैन भनेर त आइ नै सकेको छ । एउटा विषादीले काम नगरेपछि त्योभन्दा कडा किसिमको र त्यसलाई विस्थापन गर्न थप कडा गरी असी हजार भन्दा बढी विषादीहरु त आज उपयोग नै भएको छ ।

हामीकहाँ नै दुधदेखि पानीसम्म, तरकारी, साग, गोलभेंडा, फलफुल कति खान हुने, कति खान नहुने रु विषादी प्रयोग गरेर मानव स्वास्थ्यमा कति हमला भैरहेको छ रु आज हामीले हिसाब गरेका छौं रु आज हामी प्राणवायु हैन विषवायु, खाद्यान्न हैन विषादी खाइरहेछौं । यस्तै विकास हो हामीले खोजेको ? किन चाहिएको हो हमीलाई यस्तो विकास रु यस्तो समृद्धि ? हैन भने कसरी हैन र आजको समस्याबाट जसरी मानव समाज प्रताडित भैरहेको छ, त्यसबाट निकाल्ने हाम्रो प्रविधको विकास के कसो हो ?

प्रविधिबाट आउँछ भनेको समाजवादले यसलाई सम्बोधन गर्ने कसरी हो रु हाम्रो जस्तो दरिद्रता, अविज्ञान र अविकासले ग्रस्त समाजमा हामी भनिदिन त सकौँला प्रविधिले सबैथोक गर्छ भनेर तर त्यो सबैथोक गरिदिने प्रविधि धान्ने पृथ्वीको स्रोतको आयु, जमिनको उब्जाउपन कति हो भनेर सँगै हिसाब पनि खोज्ने कि ? देखाउने कि ?

Nabintech