१ बैशाख २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपा बाँके क्षेत्र नं १ को बैठक सम्पन्न


कोहलपुर (बाँके) / नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवम् बाँके क्षेत्र नं १ का सांसद महेश्वर गहतराज (अथक)ले कोरोना महामारीको असर कम गर्न सचेतना जगाउन पार्टी कार्यक्रर्ताहरु लाई निर्देशन दिएका छन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)क्षेत्रीय कमिटी क्षेत्र नं १ को बैठकलाई कोहलपुरमा सम्वोधन गर्दै आथकले उक्त कुरा बताएका हुन । उनले सरकारको नेतृत्व गरेको दलका नाताले दैनिक काम गरेर खाने मजदुर र बिपन्न बर्गलाई राहात दिने गरी स्थानीय सरकारले काम गनु पर्नेमा जोड दिए ।
क्षेत्रिय कमिटीका अध्यक्ष सुर्य ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा बाँकेका अध्यक्ष आइपि खरेल, सचिव अशोक कोईराला , संबिधान सभा सदस्य देवराज भार ,असोक रोकाया , नेता प्रकास सुबेदी र प्रेम भुषाल लगायतको उपस्थिती रहेको थियो ।
अध्यक्ष सुर्य ढकालका अनुसार बैठकले कोरोना रोकथामको लागि जनचेतना जगाउने कार्यक्रर्ता परिचालन गर्ने , सरकारले गरेका राम्रो कामहरुको जनताको बिचमा व्यापक प्रचार गर्ने र थप गनु पर्ने काममा सुचीतयार पारेर संवन्धीत निकायमा पहल गर्ने निर्णय गरेको छ ।
बैठकले विभिन्न पार्टी परित्यागगरी आएका साथिहरुलाई क्षमता र रुचि अनुसारको जिम्मेवारी दिने, सिक्टा नहर, वगौडा कृषि मार्ग, राप्ती सोनारी गाउपालिका का ३,४ र ५ बडाहरु र नरैनापुर गाउपालिकामा घर घर मा बिजुलि पुर्याउने कामलाई प्रथामिकतामा राखि पहल अगाडी बढाउने निर्णय भएको ढकालले जानकारी दिए ।
बैठकले पार्टी एकताको लागि बाँकी रहेको एकताको बाँकी काम छिटोभन्दा छिटो सम्पन्न गर्ने र जिम्मेवारी नपाएका साथिहरुलाई कुनै न कुने जिम्मेवारीमा दिने निर्णय गरेको क्षेत्रिय सचिव अवराज खडकाले जानकारी दिए ।

Nabintech