२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मन्त्रीद्वय ईश्वर पोखरेल र बादल होम आइशोलेशनमा


काठमाडौं / उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल होम आइशोलेशनमा बसेका छन् । कोभिड १९ को कन्ट्याक्ट ट्रेसिङमा परेपछि होम आइशोलेशनमा बसेका हुन् ।

कोरोना भाइरसको रोकथाम तथा जोखिम व्यवस्थापनका लागि बनेको सीसीएमसीका कार्यालय सहयोगीलाई संक्रमण भएपछि पोखरेल र बादल होम आइशोलेशनमा बसेका हुन् । ती कार्यालय सहयोगी १० दिन अघि बसेको सीसीएमसी बैठकमा चीया पुर्याउन छिरेका थिए । उनलाई संक्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङमा पोखरेल र बादल परेका छन् ।

पोखरेल र बादल होम आइशोलेशनमा बसेपछि नेकपा सचिवालय बैठक केही दिन पछि सरेको छ । बैठक १८ भाद्रमा बस्ने तय भएको छ ।

Nabintech