११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
आरुष ड्रिकिङ्ग वाटरको बोतलमा अखाद्य बस्तु भेटियो


कोहलपुर / कोहलपुर १२ मा कञ्चन मिनिरल वाटर उद्योग बाट उत्पाद हुने आरुष ड्रिकिङ्ग वाटरको बोतलमा अखाद्य बस्तु भेटिएको छ ।
कोहलपुर ११ को न्यु सुर्खेति होटलमा उक्त पानिको बोतलमा लेउ जस्तो अखाद्य बस्तु भेटिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानाएको छ ।
होटलबाट उक्त पानी बरामद गरि आवश्यक कार्यवाहीका लागि खाद्य तथा गुण नियन्त्रण कार्यालय बाँकेमा पठाईएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख कुल दिप चन्दले जानकारी दिए ।
सामान्य आँखाले हेर्दा लेदो जस्तो देखिने सो पानी मानव स्वास्थ्यका लागि हानिकार हुन सक्ने प्रमुख चन्दको भनाई छ ।

Nabintech