२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेका अपहरित बालकको तीन दिनभित्रै सकुशल उद्धार


कोहलपुर / बाँके प्रहरीले अपहरणमा परेका एक बालकको सकुशल उद्धार गरेको छ । खजुरा गाँउपालिकाका १३ वर्षिय बालकलाई अपहरण भएको तिन दिनभित्रै अपहरण मुक्त गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले जानकारी दिए ।
अपहरणमा संलग्न नेपालगन्ज उपमहानगरपालिका वडा नं। १६ बस्ने २७ वर्षका कल्लु भनिने कलिम खाँलाई बाँके प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलन आयोजना गरी अपहरणमा संलग्न ब्यक्तिलाई सार्वजनिक गरीएको हो । पत्रकार सम्मेलनमा बोल्दै एसपी रानाले बालक अपहरण गरी फिरौती माग्दै आएको खाँलाई पक्राउ गरी बालको उद्धार गरीएको जानकारी दिए ।
खाँले बालकको परिवारसँगै फरौती स्वरुप १० लाख रुपौयाँ माग गरेको सूचना प्राप्त भएसँगै अनुसन्धानमा जुटेको प्रहरीले तिन दिनको प्रयासपछि बालकलाई अपहरणमुक्त बनाउन सफल भएको रानाले बताए । भदौ ९ गते अपहरणमा परेका बालकलाई अपहरणकारीले ११ गते जानकी गाँउपालिका ५ स्थित पिडीतको फुपुको घरमा छोडेको अवस्थामा फेला पारी उद्दार गरिएको र घटनामा संलग्न निज कल्लु भन्ने कलिम खाँलाई समेत पक्राउ गरिएको रानाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

पक्राउ परेका खाँको साथबाट बालक अपहरणमा प्रयोग भएको भे ४ प २३४४ नम्बरको एक थान मोटरसाईकल र फिरौती माग्न प्रयोग भएको मोबाईल समेत बरामद गरीएको रानाले बताए । पक्राउ परेका खाँलाई अपहरण वा शरिर बन्धक सम्बन्धि कसुरमा मुद्धा दर्ता गरी अनुसन्धान अगाडी बढाईएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले बाँके प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको ढाई महिनाको अवधिकै यो महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ । बाँके प्रहरीले एसपी राना आएको दुई महिना अबधिमा ९भदौ ५ सम्म विभिन्न मुद्धामा फरार ९८ अभियुक्तलाई समेत पक्राउ गरीसकेको छ भने दैनिक रुपमा सिमानाकामा हुने अबैध तस्करीलाई समेत रोक्दै आएको छ ।

Nabintech