३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोनाको कहर : रोजगार गुमाउँदै मजदुर


कोहलपुर (बाँके) / कोरोना महाकारीको सबैभन्दा बढि असर दैनिक काम गरि खाने मजदुरहरुमा देखिएको छ । जसका कारण दैनिक काम गरेर खानेहरुले रोजगारी गुमाउदै गएका छन । कोरोनका कारण जन जिवन ठप्प हुँदा हजारौं अंसगठित मजदुरहरु घरमै बस्न बाध्य छन । सरकारी निकायमा काम गर्ने दैनिक ज्यालादारी र करार मजदुरहरु पनि कामबाट निकालिएको भन्दै श्रम कार्यालय बाँकेमा उजुरी परेको श्रम तथा रोजगार कार्यालय बाँकेले जनाएको छ ।
श्रम कार्यालय बाँकेका प्रमुख हरिशरण चौलागाईका अनुसार मजदुरहरु कामबाट निकालिएको बारे केही लिखित उजुरी आएको र केही मौखिक गुनासो आएको नयाँ कार्सलाई जानकारी दिए ।

अखिल नेपाल ट्रेड युनियन महाँसघ बाँकेका अध्यक्ष बसन्त मल्लले सरकारी तथा निजि क्षेत्र बाट सयौ मजदुरहरुलाई निकालिएको नयाँ कार्सलाई जानकारी दिए । उनका अनुसार सरकारी संस्थान नेपाल बायु सेवा निगम क्षेत्रीय कार्यालय अन्र्तगत बिभिन्न कार्यालयहरुबाट ३३ जना करार तथा ज्यालादारी मजदुर तथा कर्मचारी काम बाट निकाएका छन । नेपाल टेलिकम प्रदेश कार्यालय बाट १३ जना मजदुर तथा कर्मचारी काम बाट निकालीएको उनले बताए । कृर्षि तालिम केन्द्र खजुराले पनि ठुलो मात्रामा कर्मचारी कटौती गरेको उनले बताए ।
नीजि क्षेत्रको अम्बे स्टील प्रालि , कोहलपुर १४ मा रहेको रारा केमिकल्स , कोहलपुर १४ मा रहेको मनकामना फुड वयर ले पनि ठुलो संख्यामा कर्मचारी तथा मजदुर कटौती गरि बिदाई गरेको मल्ले बताए ।
अखिल नेपाल ट्रेड युनियन महासघ बाँकेका सचिव राज कुमार बिसीले कर्मचारी तथा मजदुर कटौती बिरुद्ध कानुनी उपचार खोजिएको जानकारी दिदै सम्वन्धीत कार्यालय र उद्योगमा पनि दवाव मुलक कार्यक्रम गरिएको जानकारी दिए ।
श्रम तथा रोजगार कार्यालय बाँकेका प्रमुख हरी शरण बजगाईले काम बाट निकालीएको मजदुर तथा कर्मचारीलाई पुर्न वाहालीको प्रक्रिय सुरु गरिएको बताउदै त्यसो नगरीए कानुनी कार्यवाही गरिने बताए ।

Nabintech