९ आश्विन २०७७, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
टर्की र ग्रीस युद्ध उन्मुख, शक्तिराष्ट्र विभाजित

फ्रान्स र युएइका युद्धपोत र लडाकु जहाज ग्रीसतर्फ



टर्कीका राष्ट्रपति गत साता रेचेप तैय्यप अर्दोआनले काल सागरमा अहिलेसम्मकै ठूलो प्राकृतिक ग्यास भण्डार फेला पारिएको र सन् २०२३ भित्र यसलाई उपयोग गर्न थालिने घोषणा गरे। उनले देशवासीलाई खुशीको खबर भन्दै सम्बोधन गरेको केही दिन नबित्दै ग्रीससँग युद्धोन्मुख हुनुपरेको छ। पछिल्लो केही सातायता नै तनाव बढेको पूर्वी भूमध्य सागरमा दुवै देशको सैन्य उपस्थिति बढेको छ।

त्यस क्षेत्रमा चासो राख्ने शक्तिराष्ट्रहरू टर्की र ग्रीसको पक्ष(विपक्षमा विभाजित देखिएका छन्‌। हालैका घटनाहरूलाई हेर्दा उर्जा संशाधनका लागि भएको एक सानो झगडाका कारण यो तनाव सुरु भएको हो। टर्कीको जलसेनाले पूर्वी भूमध्य सागरमा ग्याँस खोजी अभियान चलाएको थियो। यो अभियानका क्रममा ग्रीससँग टर्की आमनेसामने भएको थियो। दुई देशबीच तनाव बढिरहँदा फ्रान्स ग्रीसको पक्षमा उभिएको छ।​युद्धस्तरमै तनाव बढेपछि संयुक्त अरब इमिरेट्सले पनि ग्रीसलाई साथ दिन केही एफ–१६ लडाकु विमान क्रेटे एअरपोर्टमा पठाउने घोषणा गरेको छ।

उता, टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले टर्की एक कदम पनि पछि नहट्ने बताएका छन्। खनिज ग्यासलाई लिएर भएको भनिएको यो तनावमा किन दूर दराजका मुलुक संलग्न भइरहेका छन् भन्नेबारे बीबीसीले एक विस्तृत रिपोर्ट प्रकाशन गरेको छ। यो क्षेत्रमा जे भइरहेको छ, त्यसले ठूलो खतरा निम्त्याउँदैछ। टर्की किन आक्रामक हुँदैछ रु यो तनाव निम्तनुमा ग्यास खोजीलाई तत्कालीन कारण भनिएको छ। तर यो समस्याको जरो निकै गहिरो छ। ग्रीस र टर्कीबीच लामो समयदेखि चलेको संघर्ष नै यो तनावको पृष्ठभूमि हो। यो एक क्षेत्रीय भू–रणनीतिक प्रतिद्वन्द्विता हो, जसमा अन्य कैयौं पक्षका विरुद्ध टर्की एक्लै मुखरित भइरहेको छ। लिबियादेखि पूर्वी भूमध्य सागरलाई पार गरेर कैयौं टाढासम्म यो तनाव फैलिएको छ। यो वास्तविक तनाव हो र लगातार बढिरहेको छ। अहिले एक पछि अर्का देश टर्कीविरुद्ध उत्रनु चाहिँ चिन्ताको विषय हो।

टर्कीले नै अहिले आफु अलग–थलग भएको महसूस गर्न थालेको छ। यसैकारण ज्यादा आक्रमकता पनि देखाइरहेको छ। अमेरिका पन्छियो सामान्यतयास् विश्वभर युद्धका मामिलामा अमेरिका निकै मुखरित हुने गर्छ। तर टर्की र ग्रीसबीच जारी तनावले एक बदलावतर्फ इशारा गरिरहेको छ। घट्दो शक्ति र राष्ट्रपति डोनाल्ड ट्रम्पको अनिच्छाका कारण यो क्षेत्रको तनावमा अमेरिका प्रत्यक्ष संलग्न भएको छैन। दुवै मुलुकलाई सन्तुलनमा राख्न सक्ने भनिएको अमेरिका पन्छिएपछि तनाव झागिंदै गएको छ। जब टर्कीले जमिनबाट हावामा प्रहार गर्न सक्ने रुसी मिसाइल खरिद गर्‍यो, त्यतिखेर डोनाल्ड ट्रम्पले टर्कीलाई अमेरिका निर्मित एफ–३५ युद्धक विमान नबेच्ने घोषणा गरिदिए। उत्तर अमेरिकी सन्धी संगठन ९नेटो० मा आवद्ध टर्कीले त्यहीँभित्र रिरिया र अन्य स्थानमा अमेरिकी युद्धनीतिको विरोध गर्दै आएको छ। तर यति गर्दा पनि अमेरिकी टर्कीको दबाबमा खासै परेको छैन।

जारी विवादमा पनि अमेरिकाले कुनै ठोस कदम उठाएको छैन। यसैकारण अहिले​ ग्रीस र टर्कीबीचको विवाद मध्यस्थता गर्न जर्मनी अग्रसर भएको छ। यसैबीच फ्रान्सको झुकाव ग्रीसतर्फ मोडिएको छ। तनावका कारण यस क्षेत्रमा तनावको पहिलो कारण उर्जा नै हो। महत्वपूर्ण ग्यास क्षेत्र पाइएकाले खोजीलाई अझ गति दिइएको छ। यही ग्यासका कारण पूर्वी भूमध्य सागर क्षेत्रमा रहेका देशहरूबीच होडबाजी चलिरहेको छ। आ–आफ्नो क्षेत्र दावी गर्दै समुद्री सीमामा लडाइँ भइरहन्छन्। यो तनाव कम गर्न भन्दै भएका सम्झौताले तनावलाई झनै बढाइरहेको छ। गत वर्ष टर्कीले लिबिया सरकारसँग एक समुद्री सम्झौतामा हस्ताक्षर गरेको थियो। ग्रीसले आफ्नो भनी दावी गरिरहेको क्षेत्रमा टर्की र लिबियाले ग्यास खोज्ने सम्झौता गरेपछि तनाव चुलिएको हो। यही तनावका बीच हालै ग्रीस र मिश्रले एक समुद्री सीमा सम्झौतामा हस्ताक्षर गरे। यो सम्झौता भएपछि टर्की आक्रोशित बन्यो र उसले सो क्षेत्रमा नौसेना तैनाथ गरिदियो। ग्यास भण्डार खोज्न भन्दै नौसेना परिचालन भएपछि तनाव बढ्यो।

लामो समयदेखि यस क्षेत्रमा चलिरहेको वायु र नौसैनिक हतियारको प्रतिष्पर्धाले पनि दुई देशबीच आमनेसामनेको स्थिति निम्त्याइरहेको छ। ग्यास भएको भनिएको क्षेत्रबाट आर्थिक लाभ लिन ठोस कदम उठाउनुपर्ने हुन्छ। यसका लागि पाइपलाइन र अन्य आवश्यक संरचना निर्माण गर्नुपर्छ। यो ग्यास जमिनसम्म ल्याउनका लागि कैयौं देशको समुद्री क्षेत्र प्रयोग गर्नुपर्छ। भू–मध्य सागरमा रहेको यो उर्जा प्रयोग गर्नका लागि अन्तराष्ट्रिय मान्यताअनुसारको ढाँचा स्थापित गर्नुपर्छ, त्यसले मात्र देशहरूबीच तनाव कम गरी प्राकृतिक संशाधन दोहनलाई सघाउन सक्छ। साइप्रस साइप्रसबारे ग्रीस र टर्कीबीच लामो समयदेखि विवाद रहीआएको छ। सन् १९७४ मा ग्रीस समर्थित सैन्य कु को जवाफमा टर्कीका लडाकुले त्यहाँ महला गरिदिएका थिए। त्यसपछि एकतर्फी रुपमा टर्कीस रिपब्लिक अफ नर्दन साइप्रस घोषणा गरियो टर्कीले युरोपेली संघको सदस्यता लिएमात्र साइप्रस मुद्दा हल हुने सम्भावना थियो। तर यतिखेर टर्की संघमा आवद्ध हुने कुनै सम्भावना छैन र निकै पुरानो विवादमा अब उर्जा विवाद पनि जोडिएको छ।

नयाँ अटोमन आधुनिक टर्की राज्य स्थापनाभन्दा पहिलेदेखि नै युनानी र टर्कीसहरूबीच निकै लामो दुश्मनीको इतिहास रहीआएको छ।​कुनै समय अटोमन साम्राज्य निकै विशाल थियो। १४ औं देखि २० औं शताब्दीको सुरुसम्म दक्षिणपूर्वी युरोप, पश्चिम एसिया र उत्तर अफ्रिकाको अधिकांश भागको अधिका र नियन्त्रण यही साम्राज्यमा निहित थियो। अटोमन साम्राज्यको केन्द्र अहिलेको टर्की नै थियो। तर पहिलो विश्वयुद्धमा बेलायती पक्षसँग यो साम्राज्य पराजित भयो र अधिनस्थ राज्यहरू स्वतन्त्र भए। टर्कीका अधिकांश विदेश नीतिहरू अटोमन साम्राज्यका पूराना नीतिहरूमै निर्भर छन्। शीतयुद्धपछि एक कट्टर धर्मनिरपेक्ष राज्यका रुपमा रहेको टर्की इस्लामिक मुलुक बन्यो। सो प्रभाव झनै विस्तार हुँदैछ। राष्ट्रपति अर्दोआनले हालै एक चर्चलाई मस्जिदमा बदल्न आदेश दिइसकेका छन्। टर्कीको सत्तारुढ पार्टी एकेपीले टर्कीको बढ्दो अर्थव्यवस्थाको सहयोगमा क्षेत्रीय वर्चस्व बनाउने कोशिस गरिरहेको छ। तर, हालका दिनमा टर्कीको अर्थव्यवस्था धर्मराएको छ। राष्ट्रपति अर्दोआनले जारी तनावबाट आफू पछि हट्ने कुनै संकेत भने दिएका छैनन।

टर्की सरकारले ुब्लु होमल्याण्डु सिद्धान्त अघि सारेको छ, जसले समुद्रको निकै ठूलो हिस्सासम्म टर्कीको आधिपत्य परिकल्पना गरेको छ। रुस र इरानजस्ता देशलाई आवश्यक परेसम्म टर्कीले साथ दिने र लिने गरिरहेको छ। यी देशको सहयोगमा पूर्वी मूमध्य सागर क्षेत्रमा प्रभाव बढाउनु नै टर्कीको उद्देश्य हो। यस क्षेत्रमा यति धेरै युद्ध हुने गर्छन् कि कतिपय युद्ध त छद्म रुपमा लडिन्छ। टर्की विरुद्ध लड्न लिबियासँग पनि मिश्र र युएईजस्ता शक्तिशाली देशको साथ छ। संयुक्त राष्ट्र समर्थित लिबिया सरकारलाई टर्कीले भारी समर्थन दिएको छ। तर संयुक्त अरब इमिरेट र मिश्र त्यहाँका जनरल खलिफा हफ्तारको पक्षमा छन्। टर्की र युएईले लिबियाको आकाशमा एक प्रकारको छद्म युद्ध सुरु गरेका छन्। जहाँ युएईले चीनबाट खरिद गरेको ड्रोन र टर्कीले आफ्नै देशमा बनेको सशस्त्र ड्रोन उडाइरहेका छन्। लिबियाको सरकार र सेना जनरल हफ्तार नेतृत्वको लिवियाली सेनालाई टर्कीले विरोध गर्नेगर्दछ। तर मिश्रले सो सो सेनालाई समर्थन गर्दै आएको छ। लिबिया संघर्षका कारण टर्की र मिश्रबीच दुस्मनी गहिरिएको छ। लिबियालाई नै लिएर टर्की र फ्रान्सबीचको सम्बन्धमा पनि तिक्तता आएको छ। केही समय पहिले टर्कीको युद्धपोतले आफ्नो मालवाहक जहाज रोक्ने फ्रान्सको प्रयासमा हस्तक्षेप गरेको थियो। फ्रान्सले लिबियाको तट हुँदै हतियार लगिरहेको टर्कीको आरोप थियो। अहिले पनि, ग्रीस र टर्कीबीच तनाव बढिरहँदा फ्रान्सले ग्रीसको मद्दतका लागि दुई युद्धपोत र दुईवटा समुद्री जहाज पठाएको छ।

Nabintech