२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मेडिकल कलेज कोहलपुरमा आजदेखि सय बेडको ‘कोरोना डेडिकेडेट वार्ड’


कोहलपुर / नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले कोरोना संक्रमित बिरामीहरुलाई लक्षित गर्दै एक सय बेडको कोरोना डेडिकेडेट वार्ड सन्चालन गर्ने भएको छ ।

कोरोना लेभल ३ अस्पतालका रुपमा सेवा प्रवाह गरिरहेको मेडिकल कलेजले सेवा थप प्रभावकारी बनाउन कोरोना डेडिकेडेट वार्ड संचालन गर्न लागेको जनाएको छ ।

अस्पतालका सहायक निर्देशक डा। नितेश कुमार कनौडियाले बुधबार एक विज्ञप्ती जारी गर्दै बिहिबारदेखि एक सय बेडको कोरोना डेडिकेडेट वार्ड संचालन गर्न लागेको जनाएका हुन ।

डा कनौडियाका अनुसार अस्पतालले यसअघि नै आईसियू सहितको ५० बेडको प्रि आइसोलेसन वार्ड ९कोभिड १९ का शंकास्पद बिरामीका लागि संचालनमा ल्याइसकेको छ ।

पछिल्ला दिनहरुमा लक्षण भएका बिरामीहरुको संख्या बढ्दै गएका कारण कोरोना संक्रमितहरुको उपचार थप जटिल बन्दै गएको भन्दै यस्तो सुविधा थप गर्न लागेको कनौडियाले जानकारी दिए ।

ती सबै बेडमा सहज रुपमा अक्सिजन सप्लाई उपलब्ध गराईने विज्ञप्तीमा उल्लेख छ ।

Nabintech