९ आश्विन २०७७, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
उडान नेपालद्धारा महिलाहरुलाई मास्क तथा प्याड वितरण


कोहलपुर / उडान नेपाल बाँकेले बाँकेको कोहलपुरमा मास्क तथा प्याड वितरण वितरण गरेको छ । कोहलपुर नगरपालिका वडा नं ५ मा रहेका १ सय १० जना महिलाहरुलाई मास्क र प्याड वितरण गरेको हो ।


कोहलपुर नगरपालिकाकी उप प्रमुख सञ्जुकुमारी थारुले महिलाहरुलाई मास्क र प्याड वितरण गर्दै महिलाहरुले आफ्नो स्वास्थ्यमा सुधार ल्याउन निसंकोच प्याट प्रयोग गर्नुपर्ने बताईन ।उनले व्यक्तिगत स्वास्थ्य सुरक्षाकालागी प्रयोग हुने सामाग्रीहरु प्रयोग गर्न आग्रह गरिन ।
कोरोना भाइरसबाट सुरक्षित बच्नका लागि उडान नेपालको आयोजनामा आवश्यक सामग्री वितरण गरिएको अध्यक्ष अन्जु न्यौपानेले बताइन् । । कोरोना भाइरसको महामारीको समय र जोखिमको समयमा उडान नेपाल बाँकेले समाजिक क्षेत्रमा थुप्रै कामहरु गर्दै आइरहेको न्यौपानेको भनाई छ ।

Nabintech