१५ आश्विन २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोना नियन्त्रणकालागी कोहलपुर नगरपालिकाद्धारा ३ करोड खर्च बिवरण सार्वजनिक

गाडी भाडा भुत्तानी १९ लाख , क्वारेन्टाईन व्यवस्थापनका लागि झण्डै ३० लाख खर्च



कोहलपुर/ कोरोना रोकथाम र नियन्त्रणकालागी कोहलपुर नगरपालिकाले झण्डै ३ करोड रुपैया खर्च गरेको छ ।
कोहलपुर नगरपालिकाका लेखा अधिकृत सुदिप सुनारले २ करोड ७८ लाख ३९ हजार ५ सय ९ रुपैया खर्च भएको जानकारी दिए । सुनारका अनुसार गाडी भाडा तर्फ मात्रै १९ लाख ६ सय ४२ रुपैया खर्च भएको छ । कोहलपुर नगरपालिकाले कोरोना महामारी नियन्त्रण तर्फ ३४ लाख ९८ हजार ७ सय २२ रुपैया खर्च भएको छ ।

कोहलपुर नगरपालिकामा आईसोलेशनमा खटिएका खाजा र आवास सुबिधा बापत ५ लाख २० हजार २ सय ९० र आईसुलेशनमा खटिएका स्वाथ्यकर्मीहरुको दैनिक खाजा खर्च वापत १ लाख ६६ हजार ६सय खर्च भएको कोहलपुर नगरपालिकाले जनाएको छ । पिपरी कृषि विकास तालिम केन्द्र क्वारेन्टाईन सेन्टर र अन्य क्वारेन्टाईनमा २ लाख ९४ हजार १४ रुपैया खर्च भएको छ भने क्वारेन्टाईन व्यवस्थापनका लागि आवश्यक सामाग्री बापत ३ लाख ७८हजार ५ सय २२ रुपैया खर्च भएको छ ।

अन्य आवश्यक समाग्री खरिद वापत १लाख २१ ह्जार ८ सय खर्च गरेको कोहलपुर नगरपालिकाले जनाएको छ । सन्देश मुलक सुचना जारी र व्यानर छपाईमा ३ लाख २२ हजार ७ सय ९८ हजार खर्च भएको नगरपालिकाले जनाएको छ ।
१ देखि १५ नं वडा सम्म पहिलो चरण राहात बितरणमा ४८ लाख ७९ हजार ६ सय र दोस्रो चरणका राहात बितरण्मा १ करोड १० लाख ३३ हजार ७ सय ७९ र कोहलपुर नगरपालिका वडा नं १२ मा थप राहात बितरण ५ लाख ८० हजार र वडा नं १० मा २ लाख खर्च भएको कोहलपुर नगरपालिकाले जानाएको छ ।
त्यसैगरी १ देखि १५ वडा सम्मका क्वारेन्टाईन व्यवस्थापन २८ लाख १९ हजार ४२ रुपैया खर्च भएको नगरपालिकाले जनाएको छ ।
स्थानीय मिडियालाई उपेक्षा गरेको गुनासो
कोरोना नियन्त्रण र सचेतना मुलक सुचना प्रशारणमा स्थानीय मिडियाहरुलाई उपेक्षा गरेको गुनासो आएको छ । कोरोना रोकथाम र नियन्त्रण समितीको बैठकमा नेपाल पत्रकार महासघं बाँकेका उपाध्यक्ष प्रदिप वाग्लेले स्थानीय मिडीयासंग प्रयाप्त सहकार्य नगरिएको गुनासो गरे । उनले सुचना प्रशारणका लागि केही रकम खर्च भएको भएपनि सो सुचना प्रशारण गर्ने सञ्चार संस्थाहरु बारे आफुहरु नै अनबिज्ञ रहेको
बताए ।
पहिलो पटक कोहलपुरमा नाम नसुनेको सस्थाहरुको नाममा मात्रै भुक्तानी देखिनु गलत भएको भन्दै कोहलपुरका सम्पुर्ण सञ्चार संस्थासंग सहकार्य गरेर आगाडी बढन सुझाव दिए ।
कोरोना नियन्त्रणका लागी स्थानीय सरकारलाई सघाउदै आएका स्थानिय मिडीयासंग सहकार्य नगरिनु दुखद भएको उनको भनाई थियो ।

Nabintech