२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
होटल म्याक्स सञ्चालनको अन्तिम चरणमा


कोहलपुर / कोहलपुरमा निर्माणधिन सुविधा सम्पन्न होटल म्याक्सको सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । बेशाख १ गतेबाट सञ्चालनको तयारी गरि होटलको निर्माणको काम तिब्र गतिमा गरिएको भए पनि लकडाउनको कारण सन्चालनको पूर्वनिर्धारित समय प्रभावित भएको होटल सञ्चाक मनोज केसीले बताए । उनले होटलको सम्पूर्ण काम एक महिना भित्र सम्पन्न हुने बताए ।
लकडाउनकैबीच कोहलपुरमा सूविधा सम्पन्न होटल ‘म्याक्स्’ को तयारी अन्तिम चरणमा पुगेसँगै होटल सञ्चालनका लागी दक्ष जनशक्ति र व्यबस्थापनको काम भैईरहेको होटल सञ्चालक केसीले नयाँ कोर्सलाई बताए ।


पश्चिमको केन्द्रबिन्दु र बाँके निकुञ्जसंगै जोडिएका कारण कोहलपुरमा पर्यटकीय गतिविधि बढ्ने उनको निष्कर्ष छ । त्यसैको आधारमा उनले होटल खोलेका हुन । गत बैशाखको १ गते सुरु गर्ने योेजना भए पनि लकडाउनका कारण सम्भव भए । होटलमा छतमा स्विमीङ्गपुल बनाउने र स्वमीङ्गबार निर्माण गरिदै छ । स्पा कफी सप, रेष्टुरेण्टहरु, सूविधा सम्पन्न रुमहरु बिशेष रहने छ ।

होटलमा जम्मा कोठा ५० वटा रहेका छन् भने हुक्का बार सहितका रेष्टुरेन्ट र चारवटा हलहरु रहने छन् । होटल म्याक्स निर्माणपछि ७२ जना भन्दा बढि कर्मचारीले रोजगारी पाउने छ । पर्यटकीय पूर्वाधारको विकासंगै कोहलपुरमा तारेस्तरका होटल धमाधम निर्माण हुँदैछ । कोहलपुरमा पाँच तारे होटल सेन्ट्रल प्लाजा समेत रहेको छ ।
व्यवसायीक पृष्ट भुमीकासाथै राजनीतिमा समेत सक्रिए केसीले दुई बर्ष अघिदेखि निर्माणको काम सुरु गरेका थिए ।

Nabintech