१२ आश्विन २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बिनौनामा बत्ती बल्ने भयो, मिटर बक्स जडान कार्य सुरु


कोहलपुर / करिब एक दशक भन्दा बढि समय देखि बत्तीको पर्खाइमा बसेका बिनौना बासीको बत्ति बाल्ने सपना पूरा भएकोछ । बुधबार राप्तीसोनारी गाऊँपालिका वडा नँ ५ बिनौना स्थित वडा कार्यालय बाट मिटर बक्स जडान कार्य सुरु भएपछी बिनौना वासीको बत्तिबाल्ने सपना पूरा भएकोछ । बुधबार बाँके क्षेत्र नँ का सँघिय साँसद महेश्वर गहतराज अथकको उपस्थितिमा बिनौना वासीलाइ मिटर बक्स जडान प्रक्रिया ,बिद्धुतको प्रयोग तथा उपयोग लगायतका बिषयमा स्थानिय उपभोक्ता बिच अभिमुखिकरण गरिएको थियो । स्थानिय उपभोक्ताहरुलाइ नेपाल बिद्धुत प्राधिकरण नेपालगँज शाखाका प्रमुख लखनलाल मल्लिकले अभिमुखिकरण गर्नु भएको थियो । ठेकेदारको लापरवाहीका कारण राप्तिपारीको बिद्धुतिकरण बिगत एक दसक देखि कामको ढिलासुस्तीका कारण त्यहाको बिद्धुत बिस्तार कार्य सम्पन्न हुन नसक्दा राप्तीपारीका जनताले सास्ती खेप्नु परेको थियो । बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथक निर्बाचित भइ सकेपछी बन क्षेत्रमा पर्ने २१४ वटा रुख कटान गर्नुका साथै राप्तीपारीको बिद्धुतिकरणका लागि निरन्तर लागिपरेपछी राप्तीपारी बघौडा क्षेत्रको बिद्धुतिकरण कार्यले सम्पन्नता पाएको हो । राप्तिसोनारी क्षेत्रको बिद्धुत सम्बन्धि कार्य गर्नका लागि धामपुर सबस्टेशनमा र नरैनापुर क्षेत्रका लागि मटेहियामा एक हप्ता भित्र बिद्धुतको युनिट कार्यालय स्थापना गरिने नेपालगँज शाखा प्रमुख मल्लिकले जानकारी गराएकाछन । केहीदिन पहिले साँसद अथकको उपस्थितिमा धामपुर सवस्टेशनको जिम्मा कस्ले लिने भन्ने बिषयमा छलफल भएको र उक्त छलफल बाट धामपुर सव स्टेसनको जिम्मा नेपालगँज शाखाले लिने सहमित भएको साँसद अथकले जानकारी गराउनु भयो । राप्तीसोनारी गाउपालिका भित्र एल टि लाइन बिस्तार भएको स्थानमा तत्काल बत्ती बल्ने भएपनि बाँकी रहेको अन्य स्थानमा भने यहि आउदो तिहार भित्र सम्पुर्ण स्थानमा बत्ती बल्ने शाखा प्रमुख मल्लिकले जानकारी गराएकाछन । राप्तिसोनारी वडा नँ ५ मा आठसय जनाले मिटर बक्सका लागि फारम भरिसकेको वडा नँ ५ का वडा अध्यक्ष झगरु थारुले जानकारी गराएकाछन । आज बिद्धुत प्राधिकरण नेपालगँज शाखाका प्रमुख लखनलाल मल्लिकले वडा ५ का वडा अध्यक्ष झगरु थारु लाई मिटर बकस हस्तान्तरण गरि मिटर बक्स जडान कार्यको सुभारम्भ गरिएको थियो ।

Nabintech