१ बैशाख २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरियाको सिप र प्रविधी, कोहलपुरमा उद्यम


कोहलपुर (बाँके) / कोहलपुरका लक्ष्मण पराजुली बैदेशिक रोजगकारका सिलसिलामा लामो समय बिभिन्न देशहरुमा पुगेर काम गरे । सोहि क्रममा कोरियामा रहदा उने आधुनिक उच्च प्रबिधीका फर्निचरहरु निर्माण सम्वन्धी काम गरेका थिए । नेपाल फर्के लगतै नाताले साडु पर्ने नेपालमा राजनीतिमा सक्रिय तुला राज बिष्ट (बिहानी)सँगको साझेदारमा एस एच फर्निचर उद्योग सञ्चालनमा ल्याए । उनिहरुले कोरीयन शिप र प्रबिधीबाट कोहलपुरमा फर्निचरहरु निर्माण गरि रहेका छन । उनिहरुको उद्योगमा हाल स्टील ,फलाम र रेक्जीनकका फर्निचरहरु निर्माण निर्माण भई रहेको छ । आफुहरुले कोरियन प्रबिधीबाट पाउडर कोटेट गरेर फर्निचरहरु निर्माण गरेको सञ्चालन तुला राज बिष्टले नयाँ कोर्सलाई जानकारी दिए ।
हाल उनिहरुको उद्योगमा कोहलपुरका २२ जना युवाहरुले दैनिक रोजगारी पाई रहेका छन । बिहानीका अनुसार उनिहरुलाई नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको तलव सुबिधा दिईएको छ ।


डेढ करोडको लागतमा स्थापना गरिएको उद्योगमा अफिस फर्निचरहरु सोफा सेट , हस्पिटका बेडहरु स्कुलका डेस्क बेच्न ,होटलका कुर्चि तथा टेवलहरु निर्माण भई रहेको छ । आफुहरुले निर्माण गर्ने हस्पिटलका बेडहरु र कुर्चिहरुमा उच्च स्तरको पाउडर कोटेट गरीने गरेको उनले बताए । कोरीयन उच्च प्रबिधीको प्रयोग गरि कोहलपुरमै फर्निचरहरु निर्माण गरिएको उनको भनाई छ ।
उनका अनुसार आफुहरुले कोहलपुरमै गुणस्तरीय रिभल्बीङ कुर्चिहरु समेत निर्माण गर्ने गरेको बताए । रिभल्बीङ कुर्ची र रेक्जीनका शोफाहरु धेरै मात्रमा चिन बाट आयात गरिने गरेको मा पछिल्लो समय आफुहरुको उत्पादनले बजार जमाउदै गएको उनको भनाई छ ।


गुणस्तरीय बस्तु , शुलभ मुल्य र टिकाउ हुने भएको आफ्नो उत्पादन बजार जमाउन सफल भएको उनको भनाई छ ।
कच्चा पदार्थ खरिद गरेर आफुहरुले निर्माण गर्ने फर्निचरहरु उच्च गुणस्तरको हुनुका साथै बाह्य मुलुकबाट हुने आयात बिस्थापन गरेको बिहानीको भनाई
छ ।


व्यवासाय सुरु गरेको झण्डै ६ महिनाको अवधिमा प्रदेश ५,६र ७ का अधिकाँस बजार आफुले कब्जा गर्न सफल भएको बिहानिको दाबि छ । यि बाहेक काठमाण्डौ सम्म पनि आफुहरुले उत्पादन गरेको फर्निचरको माग आएको उनले दाबी गरे ।

राजनीति देखी उद्यमी सम्म

तुलाराज बिष्ट (बिहानी) बाँके जिल्लाको राजनितीमा चर्चामा रहेको नाम हो ।प्राय पार्टी काममा सक्रिय भई रहने उनि पार्टी कामका साथै उत्पादन मुलक व्यवसायमा जोडीएका छन । पार्टीकाम र व्यवसायलाई तालिका बनाएर काम गर्ने गरेको बिहानीको भनाई छ । खासगरी बिहान १० बजे भन्दा पहिले र दिउसो २ बजे पछिको समय पार्टी कार्यक्रता र जनाको सेवाका लागि छुट्एको उनको भनाई छ । केही समय पार्टीका लागी छुट्याएर बाँकी समय उनि फर्निचर उद्योगमा सक्रिय भएर लाग्ने गरेका छन । परिस्थीती अनुसार कम्पनीमा सबैखाले काम गर्ने गरेको उनको अनुभव छ । आवश्यक पर्दा कम्पनीमा घन ठोक्न र वेल्डीङ मेसीन चलाउन पनि पछी पदैनन् ।
बिहानीले तत्कालीन नेकपा माओवादी सुरु गरेको जनयुद्धमा प्रत्यक्ष सहभागि भएर बिभिन्न मोर्चाको उनले नेतृत्व गरेका थिए । २०५५ साल देखि भुमिगत भएर राजनैतिक जिम्मेवारी निभाएका थिए । उनि तत्कालीन माओवादीको बिभिन्न पदमा रहदै हाल सत्ताधारी दल नेपाल कम्युष्टि पार्टी नेकपाको नगर सचिव पदमा क्रियासील छन ।
राजनैतिक कर्मसंगै आफैले स्थपना गरेको उद्योगमा २२ जना लाई रोजगार दिन पाउदा आफु खुशी भएको बताउछन । आफुहरुको उद्योगमा काम गर्ने सम्पुर्ण स्थानीय भएको बिहानिको भनाईछ । बिहानी संगै उनकी जिवन संगिनी रेणुका खडका पनि राजनितीमा सक्रिय छन । उनि नेकपा बाँकेको जिल्ला कार्यालय सदस्य हुन । माओवादी अन्दोलनसंग जोडिएको पात्र भएकाले उत्पादन मुलक कामसंग जोडिदा र थुप्रै मानिसहरुलाई रोजगारी दिदा गौरव लागेको उनि बताउछन ।

Nabintech