६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सहकर्मीबाट बलात्कारको सिकार भइन एक किशोरी


सँगै काम गर्ने सहकर्मी किशोरीलाई घर पुर्याईदिने वाहानामा जवरवस्ती बलात्कार गरेको आरोपमा कोहलपुर २ आनन्दनगरका चित्र बहादुर थापालाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ । चैत २ गते साँझ एक निजि फर्ममा काम गर्ने १९ वर्षिय सहकर्मी किशोरीलाई घर पुर्याई दिने बाहानामा बैजनाथ गाउँपालिका ४ गाबरस्थित एक होमस्टेमा लगेर बलात्कार गरेको आरोपमा थापालाइ पक्राउ गरि इलाका प्रहरी कार्यलय कोहलपुरलेअनुसन्धान अगाडी बढाएको हो ।
थापाले ती सहकर्मी किशोरीालाई घर पुर्याई दिने वाहानामा भे १ च २२९७ नम्बरको भ्यानमा राखी गाबरस्थित एक होमस्टेमा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ । जिल्ला अदालत बाँकेबाट म्याद थप गरि थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ । थापालाई जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा चलाउने तयारी  इलाका प्रहरी कार्यालय कोहलपुरले गरेको छ ।

Nabintech