२ माघ २०७७, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेको कोहलपुर लगाएत देशका विभिन्न ठाउँमा रगतको अभाव


कोहलपुर/ बाँकेको कोहलपुर लगाएत देशका विभिन्न ठाउँमा रगतको अभाव भएको छ । लकडाउन र निषेधाज्ञाको कारण रक्तदान शिविर सञ्चालन हुन नसक्दा रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा अत्यन्तै न्यून संख्यामा रगत सञ्चित रहेकोले चिन्ता थपिएको रेडक्रसले जनाएको छ

दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसुती, मुटु, क्यान्सर तथा मिर्गौला बिरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक अपरेशन गर्नुपर्ने बिरामीहरुका आफन्तहरु  रक्तसञ्चार केन्द्रमा आइरहेका तर पर्याप्त रगत आपूर्ति गर्न नसकिएको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले जानकारी दिनुभयो ।

बाँकेको कोहलपुर लगाएत देशका विभिन्न ठाउँमा रगतको अभाव भएको रेडक्रस सोसाइटीका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । रेडक्रसले रक्तदान शिविर सञ्चालन गर्न र केन्द्रमै गएर रगत दिन पनि विभिन्न संस्था र सर्वसाधारणसँग अनुरोध गरेको छ । सुरक्षित तवरले रक्तदान गर्दा गराउँदा कोरोना जोखिम नरहने विश्व स्वास्थ्य संघले यस अघि नै स्पष्ट पारिसकेको छ ।

 

Nabintech