५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बुटवलमा महिला जुवाडे प्रक्राउ


इलाका प्रहरी कार्यालय बुटवलले जुवा खेलिरहेका ४ महिला सहित ५ जनालाई प्रकाउ गरेको छ । बुटवल सुख्खानगरको एक घरको तलामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रकाउ गरेको इलाका प्रहरी कार्यालय बुटबलका प्रमुख प्रहरी नायब उपरीक्षक भिमलाल भट्राईले जानकारी दिए ।महिलाहरुलाई प्रहरीले प्रक्राउ गरेपछि महिलाका परिवार, आफन्त र छरछिमेकमा हल्लिखल्ली मच्चिएको छ । महिलाहरु समुहमा तास खेलिरहेको बेला प्रहरीले पक्राउ गरेको यो पहिलो घटना हो ।
प्रकाउ परेका उनीहरुबाट ६० हजार नगद सहित ४ बुक तास समेत बरामद गरेको प्रमुख भटराईले बताए । प्रकाउ परेका उनीहरुलाई थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ । महिलाहरु मात्र मिलेर तास खेलेको अवस्थामा पक्राउ परेको यो घटना बुटबलमा पहिलो हो । समुहमा महिला पुरुष भेटिने गरेपनि यसपाली ४ जना महिला १ जना पुरुष फेला परेको प्रहरीले जनाएको छ ।

Nabintech