५ माघ २०७७, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
अरिङ्गालको टोकाईबाट १० वर्षिय बालकको मृत्यु


प्युठान/ प्युठानमा अरिङ्गालको टोकाईबाट १० वर्षिय बालकको मृत्यु भएको छ । विहिवार जिल्लाको झिमरुक गाउँपालिका वडा नं ६ दहखोल बस्ने अरबिन गिरी खेल्ने क्रममा घर नजिकैको सिसौको रुखमा बसेको अरिङ्गाल एक्कासि आएर टोकेपछि घाईते भएका थिए ।

घाईते गिरीको प्युठान अस्पताल विजुवारमा उपचारको क्रममा विहिवार राती ८:२० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए । मृतक गिरीको शवलाई बिजुवार अस्पतालको सब गृहमा राखिएको छ । अहिले मृतकको शवलाई पोष्टमार्टमको तयारी भएको प्रहरीले बताएको छ ।

Nabintech