२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
हजुर आमाको काखमा सुतेकी ११ बर्षिया वालिकाको अपहरण पछि बलात्कार


केहलपुर/ बर्दियाको बारबर्दिया नगरपालीकामा बिहीवार राती ११ बर्षीय बालीका बलात्कृत भएकी छन् । हजुर आमाको काखमा सुतिरहेकी बालिकाको अपहरण पछि बलात्कार भएको बर्दिया प्रहरीले जनाएको छ । प्रहरीले बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालीकाको वडा नम्बर ८ औँरी भगतपुरका २१ बर्षिय चन्द्रराम बिकलाई पक्राउ गरेको छ ।
पिडीत परिवारले घरबाट अपहरण गरी बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय बानियाभारमा दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको बर्दिया प्रहरीले जनाएको छ ।
पिडित बालिकालाइ स्वास्थ्य उपचारका लागि अस्पताल लगिएको र म्याद थप गरेर घटनाको अनुसन्धान भई रहेको बर्दिया प्रहरीले बताएको छ ।

Nabintech