१२ आश्विन २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बन्दाबन्दी बारे के भन्छन् कोहलपुरका अगुवा व्यवसायी


कोहलपुर/केन्द्र सरकारको ४ महिना लामो लक डाउन पछि कोहलपुरमा स्थानिय सरकारको बन्दाबन्दी (लक डाउन) जारी छ । समुदाय स्तरमा कोरोना फैलिएको भन्दै स्थानीय सरकारले भाद्र १० गते सम्मकालागी बन्दाबन्दी जारी गरेको छ । नेपालगञ्ज पछिको कोहलपुर दोस्रो ठूलो बजार हो । नेपालगञ्जसंग १६ किलो मिटर र भारतिय बजार रुपैडीहा सम्म झण्डै २० किलो मिटरको दुरीमा रहेको बजारमा व्यवसायीहरु चपेटामै थिए । झण्डै ५ महिना लामो बन्दा बन्दी पछि भने व्यावसायीहरु बिस्थापनको अवस्थामा पुगेका छन । बन्दाबन्दी र यसको निकास बारे के भन्छन त कोहलपुरका व्यावासयीक अगुवाहरु ।

पिसिआर जाँचको दायरा बढाउनु पर्छ

नरेन्द्र शर्मा
सदस्य
नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं ५

कोहलपुरमा जोखिम बढेको छ । कोहलपुरको मुख्य बजार क्षेत्र ११ नं वडामा मात्रै पछिललो समय २७ जना कोरोना संक्रमित फेला परेका छन । सटर मात्रै झारेर हुदैन । सबै नाका पनि बन्द गनु पर्छ । नेपालगंज संगको आउ जाउ पुर्ण रुपमा बन्द गनु पर्छ । चार नाका बन्र्दे गरेर भदौ १० गते सम्म हेनु पर्छ ।
पिसिआर जाँचको दायरा बढाउनु पर्ने हुन्छ । त्यसको लागी नगर सरकारले पहल गनुपर्ने हुन्छ । संघिय सांसदलाई प्रभावकारी पहलका लागि अग्रह गनु पर्ने देखिएको छ । जोखिम कायमै रहेकाले भिडभाड कम गर्ने बिकल्प हाललाई बन्दाबन्दी नै हो । अव १० गते पछि अवस्था हेरेर बन्दाबन्दीको स्वरुप परिर्वत गनु पर्ने हुन्छ । व्यवसायीक जिवन तहस नहस भयो । व्यवसायीक जिवन र स्वाथ्य सुरक्षालाई सम दुरीमा राखेर आगामी दिनमा उत्तम बिकल्पको खोजि गर्नु पर्छ । परिक्षणका लागि भिटिएम किडको अभाव छ । स्थानिय सकारले प्रदेश र केन्द्र सरकारसंग आवस्यक समन्य गर्नु पर्ने देखिन्छ ।

बन्दाबन्दीले संक्रमण घट्ने होईन व्यवसायीको घाटि निमोटने काम मात्रै गर्छ


बिष्णु खनाल
सल्लाहाकार
कोहलपुर उद्योग बाणिज्य संघ

व्यवसायीहरु पुर्ण रुपमा बिस्तापित हुने अवस्था आयो । होटल व्यवसायीहरु धरासायी भई सकेका छन । कोहलुर बाहेक नेपालगंज,खजुरा,बाँसगडी खुला छ । स्थानीय सरकारलाई व्यवसायीले सहयोग गरेकै हुन । मुख्य चाडको समयमा पसल बन्द गरे । चाडवाडमा केही मापदण्ड बनाएर बन्दाबन्दी गर्नु पर्ने हो । बाँके जिल्लालाई नै आधार बनाएर बन्दाबन्दी गनु पर्ने हुन्छ । नेपालगंजमा सक्रमण देखिदा कोहलपुर समेत बन्द गनु पर्ने , कोहलपुरमा देखिदा फेरी कोहलपुर मात्रै बन्द गर्दा व्यवसयी मर्कामा छन । नेपलागंज र कोहलपुर एउटै मापदण्ड बनाउनु पर्छ । अव व्यवसायीहरु बिद्रोह वा बिस्थापनको दोसाधमा छन । पुराना थुप्रै व्यवसायी बिस्तापन भई सके ।
सरकारले तोकेको मापदण्ड पुरा गरेर व्यवसाय सञ्चालन नगरे कोहलपुरको आर्थिक गतिबिधी ठप्प हुने देखिन्छ । पछिल्लो समय १६ किलो मिटरको फरकमा रहेको भारतसंग जोडिएको नेपालगंज बजार पुर्ण रुपमा चहल पहल छ तर कोहलपुरमा भने बन्दाबन्दीले संक्रमण घट्ने होईन व्यवसायीको घाटि निमोटने काम मात्रै गर्छ ।
केन्द्रको बन्दाबन्दीको बिचमा व्यवसायीले तिज लगातका चाडका लागि फेरी समान गरिद गरेर ल्याए । फेरी स्थानीय सरकारको लकडाउनले समान सटर भित्रै थन्किएको छ । सटरको भाडा र बैंकको व्याजले व्यवसायी जिवन र मरणको दोसाधमा छन । अव बिकल्प खोजेर सुरक्षा मापदण्ड पुरा गरेर व्यवसाय सञ्चालन गर्नुको बिकल्प छैन । मापदण्ड पुरा गर्ने व्यवसाय सञ्चालन हुनु पर्छ । मापदण्ड बनाउने र लागु गर्ने काम स्थानीय सरकार र प्रशासनको हो । अव राजनैतीक दल र स्थानीय सरकारले बिकल्पका बारेमा सोच्ने बेला आएको छ ।

बिकल्प बिहीन बन्दको कुरा व्यवसायीको हितमा छैन

लक्ष्मण राज पौडेल

पुर्व उप –महासचिव
कोहलपुर उद्योग बाणिज्य संघ

लब डाउन मात्रै समाधान होईन । व्यवसायीका बारेमा स्थानीय सरकार सम्बेदनशिल भएन । बन्दाबन्दी समाधान होईन । केन्द्र सरकारले बन्दाबन्दी खोलेपछि फेरी बन्दाबन्दी गर्नु राम्रो होईन । सुरक्षा मापदण्ड पुरा गरेर व्यवसायी मैत्री बातावरण बनाउनु पर्छ । सुरक्षा मापदण्ड पुरा गरेर व्यावासाय सञ्चालन गर्नु पर्छ । व्यवसायी बिस्थापन हुने अवस्था आयो । व्याज र घरभाडा ले व्यवसायीलाई निचोरेको छ ।
बिचमा खुकुलो बेला ल्याएका केही सिजनल समान राखेर व्यवसायीलाई फेरी सटर बन्द गर्न भनिएको छ । बिकल्प बिहीन बन्दको कुरा व्यवासयीको हितमा छैन । स्थानीय सकारका साथै कोहलपुरका राजनीतिक दलले अव सोच्ने बेला आएको छ ।

Nabintech