११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
अभियुक्त पक्रन गएका प्रहरीमाथि कोदालो प्रहार


कोहलपुर/रुकुम पश्चिमको चौरजहारीमा प्रहरीमाथि कुटपिट भएको छ। चौरजहारी नगरपालिका–८ की एक महिलामाथि हातपात गर्ने युवालाई पक्राउ गर्न गएका प्रहरी कुटिएका हुन ।

इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरीमाथि टाटागाउँका २१ वर्षीय टिकाराम ओलीले कोदालोले हानेको प्रहरीले जनाएको छ। कोदालोले लागेर घाइते भएका प्रहरी हवल्दारको स्थानीय मिसन अस्पतालमा उपचार भइरहेको छ। टिकारामलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अन्य दुई जना फरार छन्।

Nabintech