१ बैशाख २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेमा २४ जनामा कोरोना संक्रमण पुष्टि, कोहलपुरमा मात्रै १७ थपिए


कोहलपुर/ बिहिबार बाँकेमा २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाँकेका प्रमुख जिल्ला आधिकारी राम बहादुर कुरुम्बांगले दिएको जानकारी अनुसार आज बाँकेमा २४ जनामा पोजेटिभ केस देखा परेको हो ।

बाँकेको कोहलपुरमा आज मात्रै १७ जनामा कोरोना पुष्टि भएको छ , कोहलपुरमा केहि दिन यता कोरोना संक्रमणको दर उच्च हुदै गएको छ  । त्यस्तै आज कोहलपुरमा १७ सहित जानकी गाउँपालिकामा ६ र नेपालगंज उपमहानगरपालिकामा एक जनामा संक्रमण पुष्टि भएको छ ।

Nabintech