८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
तुलसीपुर-अमिलिया सडक दैनिक ६ घण्टा बन्द हुने


राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर–अमिलिया सडकखण्ड दैनिक ६ घण्टा बन्द हुने भएको छ। उक्त सडक विस्तारसँगै सात किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने भएपछि २१ दिनसम्मका लागि दिउँसो सडक सञ्चालन रोक्न थालिएको हो।
सडकको स्तरोन्नतिसँगै कालोपत्रेका हुन थालेपछि भोलि अर्थात चैत ४ गतेदेखि २५ गतेसम्म बिहान ११ बजेदेखि साझ ५ बजेसम्मका लागि उक्त सडकमा सवारी सञ्चालनमा रोक लगाइने भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख निरज शाक्यले जानकारी दिएका छन्। निमित्त प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीको अध्यक्षतामा बसेको बैठकले सडकको स्तरोन्नतीसँगै कालोपत्रे गर्नका लागि सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। उक्त सडकखण्डमा १२ करोड ७७ लाखको लागतमा सात किलोमिटर सडक विस्तारसँगै कालोपत्रे हुन थालेको छ।
साँघुरो सडकका कारण बढी दुर्घटना हुने गरेको गुनासो बढेपछि गत वर्षदेखि उक्त सडक विस्तारको काम थालनी भएको थियो। साँघुरो सडकखण्डमा पहाड काट्नेदेखि नाला निर्माण, सडक फिलिङको काम पूरा भएपछि सडक कालोपत्रेको काम हुन थालेको हो।
पूर्वपश्चिम महेन्द्र राजमार्गदेखि अढाई किलोमिटर सडक छोडेर सात किलोमिटर सडक विस्तारसँगै कालोपत्रे हुन थालेको छ। सडक विस्तारसँगै कालोपत्रेको काम के।एस। कन्ट्रक्सन प्रालि धनगडीले गरिरहेको सडक डिभिजन कार्यालय दाङका प्रमुख शाक्यले जानकारी दिएका छन्।
उनका अनुसार राप्ती लोकमार्ग अन्तर्गत जोखिमपूर्ण सडक खण्डमा सडक विस्तारको काम भइरहेको छ। ‘राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर–अमिलिया सडकखण्डको सात किलोमिटर सडक विस्तारसँगै कालोपत्रेको काम हुदैछ’, उनले भने, ‘त्यसका लागि २१ दिन दिउँसोको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय भएको छ।’
सवारीसाधन सञ्चालनले सडक कालोपत्रेको काममा अवरोध पुर्‍याउने भएकाले केही दिनका लागि काम हुँदाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएरै काम गर्न थालिएको हो। तुलसीपुरतुलसीपुर-अमिलिया सडक दैनिक ६ घण्टा बन्द हुनेअमिलिया सडकखण्डमा दिउँसो सवारी सञ्चालनमा रोक लगाएपछि सवारीसाधनहरू अमिलियादेखि पश्चिम जानका लागि तुलसीपुरबाट घोराही हुदै जानुपर्ने भएको छ।

Nabintech