११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेपाली काँग्रेसका सक्रिय कार्यकर्ताहरु नेकपामा प्रबेस


कोहलपुर / नेपाली काँग्रेसका सक्रिय कार्यकर्ताहरु नेकपामा प्रबेस गरेकाछन । बाँके राप्तिसोनारी गाउपालिका वडा नँ ३ को नेकपाले बुधबार आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमका अवसरमा नेपाली काँग्रेसका ४० जना सक्रिय युवाहरु नेकपामा प्रबेस गरेकाहुन ।                                                        नेपाली काँग्रेसले लामोसमय सम्म पटक पटक सत्ता चलाएपनि जनताको हितमा कामनगरेको र कुनै नयाँ भिजन नभएको यथास्थितिबादि पार्टी भएको भन्दै नेकपाले नै देसको समृद्धि र बिकास गर्ने भएकाले नेकपामा प्रवेस गरेको उनिहरुको भनाइ थियो । नव प्रबेसी युवाहरुलाइ नेकपाका केन्द्रीय सदस्य एवँ बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले खादा र अवीर लगाएर पार्टी प्रवेस गराएका थिए । नव प्रवेसीहरुलाइ सम्बोधन गर्दै नेता अथकले नेकपाको सरकारले समृद्ध नेपाल र सुखी नेपालीको सँकल्प लिइ अघिबढेकाले सरकारको यो सँकल्प लाई युवाहरुले साथ दिनुपर्ने बताउदै सरकारले गरेका नबिनतम कार्यको बारेमा जाकारी गराएका थिए । उनले नेकपा बाहेक कुनै अर्को शक्तिले देसको मुहार फेर्न नसक्ने ठोकुवा गरे । नेकपाले नै देसको परिबर्तन गर्न सक्ने भन्दै नेकपामा युवाहरु प्रबेस गर्न आतुर रहेको नेकपा राप्तिसोनारी वडा नँ ३ का सचिव अँकित श्रेष्ठले जनाए । नेकपा वडा नँ ३ का अध्यक्ष निम कुमार थारुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा प्रदेस कमिटि सदस्य पट्टु थारु जिल्ला कमिटि सदस्य तुलसीराम थारु नेकपा राप्तिसोनारी गाउकमिटी अध्यक्ष चिम बहादुर घर्ती निर्मल लगायतका स्थानिय नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

Nabintech