६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
संघको अध्यक्षमा खनाल र पौडेलबिच प्रतिस्पर्धा हुने

प्रगतिशिलले टुंगो लगायो उम्मेदवार



कोहलपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि बिष्णु खनाल र लक्ष्मण राज पौडेल बिच प्रतिस्पर्धा हुने भएको छ । प्रगतिशिल उद्योगी व्यावसायीले खनालको नेतृत्वमा चुनावमा होमिने निर्णय गरेसँगै कोहलपुर उद्योग बाणिज्य संघमा बिगतमा जस्तै २ ओटा प्यानल बनाएर चुनावी प्रतिस्पर्धा हुने भएको हो ।
कोहलपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नरेन्द्र प्रसाद शर्माले वामपन्थी प्रगतिशल व्यावसायी र प्रजातान्त्रीक व्यावसायीबिच प्यानल बनाएर प्रतिस्पर्धा हुने नयाँ कोर्ष लाई बताए । प्रजातान्त्रीक व्यावासायी समुहले यस अघिनै लक्ष्मण राज पौडेलको नेतृत्वमा चुनावमा जाने निर्णय गरि सकेको छ । कोहलपुर उद्योग वाणिज्य संघको यही बैशाख २७ गते चुनावी साधारण सभाले २२ सदस्य नयाँ कार्यसमिति चयन गर्ने बताईएको छ ।
प्रगतिशिल प्यानलले अध्यक्षमा बिष्णु खनाल , महासचिवमा नविन खड्का, कोषाध्यक्षमा खेम राज घिमिरे को नाम टुंगो लगाएको हो । सो प्यानल बाट अन्य पदाधिकारीको टुगो नलागेको भएपनि संघको कार्य समितिमा तेज प्रसाद अधिकारी , सागर कोईराला ,बलराम देवकोटा,सूर्य सापकोटा, ओम प्रकाश चापागाई, कृष्णा चालिसे , गोपाल अधिकारी , राजिव पौडेल , मेघराज अधिकारी , पुन्य प्रसाद तिवारी , रुप लाल परियार , पुर्णिमा पौडेल, गंगा भण्डारी र एमडि कडेल लागायत उम्मेदवार बन्ने श्रोतको दाबि छ । प्रगतिशिल प्यानलले अन्य बिभिन्न वाम बिचार आवद्ध व्यावसायी संग संयुक्त प्यानल बनाउनका लागि अन्य पदाधिकारीको घोषणा नगरेको एक व्यवसायी नेताले जानकारी दिए ।
यसैगरी प्रजातान्त्रीक उद्योगी व्यावसायीको समुहबाट वरिष्ठ उपाध्याक्षमा प्रदिप भट्टराई ,उपाध्यक्ष उद्योग तर्फ चण्डी गैरे, वाणिज्य तर्फ संगिता सुवेदी,महासचिवमा देवानन्द आर्याल उपमहासचिवमा दिपकराज भण्डारी,कोषाध्याक्षमा सिता कार्की, नाम टुगो लागेको सो समुहका अगुवा तथा संघका पुर्व अध्यक्ष चिन्तामणी धितालले जानकारी दिए ।

Nabintech