१ बैशाख २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँके, रुपन्देही र कपिलवस्तुका शहरी क्षेत्रमा कोरोना संक्रमण तीव्र


कपिलवस्तु / कोरोना संक्रमितको संख्या न्यून हुनासाथ लकडाउन खुलेर चहल पहल सुरु भएको प्रदेश नं ५ स्थित तराईका जिल्लामा समुदायस्तरमै कोरोना फैलन थालेको छ। कोरोना जित्ने तयारीमा रहेको प्रदेशमा एकाएक यातायात विवरण नभएकामा संक्रमण देखिन थालेपछि कोरोनाको खतरा बढेको छ।

प्रदेशका तराई मधेस क्षेत्रमा ५ जिल्लामध्ये बाँके, कपिलवस्तु र रुपन्देहीमा समुदायमा कोरोना बढ्दो क्रममा रहेको छ। यी जिल्लाका सहरी क्षेत्रमा संक्रमित बढ्न सुरु गरेका छन्। नेपालगन्ज, बुटवल, भैरहवा, तिलोत्तमा, तौलिहवा, कृष्णनगर बजार क्षेत्रमा संक्रमण देखिएको छ। सहरी क्षेत्रमा समुदायबाट सङ्कलन गरेका स्वाब परीक्षण नतिजा पोजेटिभ देखिएका छन्।

समुदायमा देखिएपनि सरकारी अधिकारी समुदायमा संक्रमण फैलिएको मान्दैनन्। ‘अहिले देखिएको समुदायमा नभई कलस्टर लेभलमा कोरोना देखिएको हो,प्रदेश जनस्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरी भन्छन्‌, बैङ्क, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, व्यापारी, शिक्षक र कर्मचारीमा कोरोना देखिएको छ। कलस्टरमा पुगेको हुँदा अब समुदायमा फैलिने खतरा रहेको छ। सरकार, प्रशासन मात्र सजग नभई अव नागरिक आफै सचेत हुनु जरुरी रहेको छ।’ शहर डुल्दै कोरोना प्रदेश नम्बर ५ का जिल्लामध्ये बाँकेमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन्‌।

नेपालगन्ज उपमहानगरपालिकामा मात्र समुदायसमै बसिरहेका १५० जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। सेना, प्रहरी र अदालतका गरी दर्जनौं कर्मचारी संक्रमित भएका छन्‌। समुदायका संक्रमणका हिसाबले कपिलवस्तु दोस्रो स्थानमा परेको छ। जिल्लामा भेटिएका सबै संक्रमित समुदायमै बसिरहेका व्यक्ति हुन्‌। कपिलवस्तुको सदरमुकाम तौलिहवा बजार र भारतबाट छिर्ने इन्ट्री प्वाइन्ट तोकिएको कृष्णनगर नगरपालिकाका समुदायमा जाँच गर्दा संक्रमित फेला परेका छन्। तौलिहवा बजारमा मात्र एक सय बढी कोरोना संक्रमित फेला परेका हुन्। रुपन्देही जिल्लाका सबै स्थानीय तह यतिबेला कोरोना कहरमा फसेको छ। सबै भन्दा धेरै संक्रमित प्रदेश राजधानी बुटवल, तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा रहेका छन्‌।थाहा खबरबाट

 

Nabintech