३० आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नगरपालिकाले आह्वान गरेको बन्दाबन्दीलाई वित्तिय संस्थाले टेरेनन्

समुदायमा कोरोना नियन्त्रण गर्ने सरकारको काममा छिमेकीले चुनैती थप्यो



कोहलपुर/ कोहलपुर नगरपालिकामा सामुदाय स्त्तरमा कोरोना संक्रमन फैलिएको भन्दै नगरपालिकाले आह्वान गरेको बन्दाबन्दीलाई केहि वित्तिय संस्थाहरुले अटेर गरेकाछन् । उनिहरुका गतिविधीले समुदायमा कोरोना नियन्त्रण गर्ने सरकारको काममा चुनैति थपिएको छ ।


कोहलपुर नगरपालिकाले संभावित संक्रमन फैलिन नदिन साउन ३१ गतेबाट भाद्र ५ गते राती १२ बजेसम्मका लागि बन्दाबन्दीको घोषणा गरेको छ । नगरपालिकाले सार्वजनीक सूचना जारी गरि नगर क्षेत्र भित्र एम्वुलेन्स,शववहान र अतिआवश्यक सेवाका ढुवानीका साधन बाहेक नगरपालिकाको कार्यालय,सवै वडा कार्यालय र शाखा कार्यालयहरु, नगरपालिका क्षेत्र भित्र रहेका सबै सरकारी तथा गैरसरकारी संघ संस्था, बैंक तथा वित्तिय संस्था, होटेल रेष्टुरेन्ट, उद्योग व्यवसाय तथा बजार, शिक्षण संस्था सबै बन्द गर्न दिएको निर्देशन कोहलपुरमा रहेका केहि वित्तिय तथा लघुवित्तहरुले उलंघन गर्दै नटेरेको पुष्टि भएको हो । उनिहरुले जनस्वास्थ्यका न्यूनतम मापदण्डको समेत उलंघन गर्दै आईरहेका छन् ।
लघुवित्तहरुले समुदायमा समूको बैठक तथा भेला बसाउने र समूका सदस्यहरुलाई जनस्वास्थ्यका न्यूनतम मापदण्डको समेत ख्याल नगरी ठेलम ठेल तरिकाले बसाल्ने गरेका छन । सरकारले कोरोनाको संक्रमणको जोखिम बढ्न नदिन गरिका सबै निर्णय, निर्देशन र आग्रहलाई लत्याउँदै आएको भन्दै समूका सदस्यहरुले चिन्ता व्यक्त गर्न थालेकाछन् ।
नगरपालिकाको निर्देशनको बरखिलाप गर्दै लुकिछिपी कार्यालय खोल्ने र यस्तो जटिल अवस्थामा कोरोना संक्रमन फैलाउन उद्धत हुने वित्तिय संस्थामा छिमेकी लघुवित्त वित्तिय संस्था अगाडी रहेको छ । कोहलपुरमै रहेको एक समूह सदस्यले नयाँ कोर्ससँग भनिन् छिमेकी लघुवित्त वित्तिय संस्थाबाट समूह बसाल्न फोन आयो, यस्तो अवस्थामा कसरी बैठक बस्ने हो । कोरोना संक्रमण नियन्त्रणको सरकारको प्रयासको विरुद्ध कसरी जाने ।
टेलिफोन गरी समूहका सदस्यहरुलाई कार्यालयमा बोलाई भिडभाड गराउने र गाउँ गाउँमा बैठक बसाल्ने जस्ता कार्यहरुले जनस्वास्थ्यमा गम्भीर खेलवाड गरिरहेको कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतको भनाई छ । उनले भने सिंगो सरकारसँगै कोहलपुर नगरपालिकाले नगर क्षेत्र भित्रका स्थानीयहरुलाई कोरोनाको संक्रमणबाट जोगाउँन हरदम प्रयास गरेको छ । पटक–पटक सार्वजनीक सूचना मार्फत गरिएको अपिल तथा निर्देशनलाई उलंघन गरेको पाईएमा सचेत मात्र गराईदै संबन्धित निकाएलाई कारवाहिको लागि सिफारिस गर्छाैं ।
वित्तिय संस्थाहरुका गतिविधीले समूमा आवद्ध सदस्य तथा घरपरिवारका आफन्त चिन्तीत रहेको गोपाल पौडेलले बताए । महामारी नियन्त्रणमा सघाउनु पर्ने ठाउँमा कोरोनाको संक्रमणको उच्च जोखिममा राख्ने गतिविधी नियन्त्रण गर्न राष्ट्र बैंकले निर्देशन दिनुपर्ने पौडेलको भनाई छ ।
यस विषयमा छिमेकी लघुवित्त वित्तिय संस्थाको टेलिफोन तथा संवन्धित कर्मचारीको मोवाईमा सम्पर्क गर्न खोज्दा दुवै फोनहरु उठेनन् ।

Nabintech