२ माघ २०७७, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
जंगली च्याउ खाँदा दाजुभाईको मृत्यु


प्युठान/ जंगली च्याउ खाँदा दाजुभाईको मृत्यु भएको छ । प्युठानको उत्तरी क्षेत्र नौवहिनि गाउँपालिका– ६ ढाँडखोलाका १५ वर्षीय सुरेश घर्ती र उनका भाई १३ वर्षीय सुगम घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

साउन ३१ गते साँझ जंगलबाट टिपेर ल्याएको च्याउ खाएपछि पखाला लागेर विरामी भएका दाजुभाईको गएराति मृत्यु भएको प्रहरीको भनाइ छ । विरामी भएको खवर पाए लगत्तै उनीहरुको अवस्था बुझ्न घरमा स्वास्थ्यकर्मीसहितको टोलि पुगेको नौवहिनी गाउँपालिका स्वास्थ्य शाखा उपप्रमुख गोविन्द केसीले जानकारी दिए ।

च्याउ खाएकै साँझबाट सबै परिवार विरामी परेका रहेछन् । अरु सबै कुरा पोष्टमार्टम गरेपछि थाहा हुने उनले बताए । मृतकका परिवारका बुवा ३३ वर्षीय विष्णु घर्ती, ३० वर्षीय लिला घर्ती, १७ वर्षीय छोरा शसि घर्ती विरामी रहेका छन् । उनीहरुको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ ।

गत साउन ३१ गते साँझ जंगलबाट टिपेर ल्याएको च्याउ खाएपछि परिवारका सबै सदस्य बिरामी परेका थिए । उक्त च्याउ खाएपछि उनीहरुलाई पखाला लागेको स्थानीयले बताएका छन् । बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।

Nabintech