२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मोदी साँढे भएर भिडन्तमा उत्रिने अभिव्यक्तिले भारतीय सपना चक्नाचुर हुन सक्ने


कोहलपुर (बाँके)/ ७४औं स्वतन्त्रता दिवसको अवसरमा दिएको सम्बोधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको लाल किलाबाट भारतीय सेनाले भूमिमाथिको सार्वभौमसत्ताका लागि खतरा हुने देशलाई ठीक ढंगले जवाफ दिएको बताए ।

मोदीको यो भनाइका दुई बुझाइ हुन सक्छन । मोदी साँढे भएर आएका छन र उनले भिडन्त गर्न खोजेका हुन । अर्को चीन विरूद्ध यस्तो मनसाय प्रदर्शन गरेर भारत सरकारले गर्नुपर्ने जति सबै काम गरिसकेको छ भन्ने बुझाइ हुन सक्छ ।
त्यसैले मोदीले के भने महत्वपूर्ण होइन के गर्ने हुन त्यो महत्वको विषय छ ।

अगस्ट ८का दिन चीन र भारतका बरिष्ठ सैनिक अधिकारीहरूबीच भएको वार्ता दुबै देशको अडानका कारण निस्कर्ष विहीन रहयो । यस परिप्रेक्ष्यमा मोदीको वास्तविक मनसाय आगामी कदमबाट प्रस्टिने छ ।

चीन र भारतबीचको सीमा विवादका कारण बढेको द्वन्द्वको निकास निस्केकाले यी दुई देशबीचका सम्बन्धहरू पुनर्बहाली छिट्टै हुने देखिदैन ।

भारतले चीनलाई खर्लप्पै खाइ दिन सक्ने ताकत प्राप्त गरिसकेको देखिदैन । त्यसैले ढिलो चाँडो दुई देशबीचको सम्बन्ध दुई पक्षीय हितका आधारमा सहयोग र समन्वय गर्नुपर्ने हुन्छ । चिनियाँ एप भारतमा प्रतिबन्ध गरे पछि त्यस्तै खाले हर्कत भारतले केही समय गर्न सक्ने देखिन्छ ।

भारतका प्रधानमन्त्री मोदीले हिन्दु राष्ट्रवादीको फाइदा लिएर देशभित्र आफ्नो पकड कायम गर्न चाहेका हुन । निसन्देह मोदीका लागि यो समस्या छ र बन्ने छ । उग्र राष्ट्रवादको सवारी सिंहको सवारी जस्तै हुन्छ । कुदाउन पनि खतरानाक उम्किन पनि खतरनाक ।

मोदी सरकारले चीन विरूद्धको युद्ध मैदान आर्थिक क्षेत्रमा खोलेको छ । सत्य के पनि हो भने चिनियाँ उत्पादनका बारेमा आम जनताको कुनै गुनासो छ । व्यवहारमा आम जनता मेइड चाइनाका फ्यान हुन । जनतालाई तिर्नसक्ने मूल्यमा गुणस्तरीय सामान उनीहरूलाई उपलब्ध हुन्छ ।

उदाहरणका लागि मोबाइल फोनलाई लिउँ । जुनमा भारतीय बजारमा चिनियाँ स्मार्टफोनको बजारमा हिस्सा घटयो तर पनि चिनियाँ स्मार्टफोनको हिस्सा भारतीय बजारमा ७२ प्रतिशत रहयो ।

आर्थिक सम्बन्ध र अर्थतन्त्रको आवश्यकताका आधारमा भन्नु पर्दा मोदीले चिनियाँ विरोधी हावा फैलाउने बाटो समाते भारतीय अर्थतन्त्र ध्वस्त हुन सक्छ । यसले मोदी सरकार विरोधी नयाँ आक्रोस तेर्सिने छ ।

यो भनेको मोदीले राष्ट्रवादी वेगवान घोडाको लगाम तानेर नियन्त्रित गर्न नसकिए औसत भारतीयको अवस्था झन खराब हुनेछ ।

अन्तर्राष्ट्रिय सुपरपावर बन्ने भारतीय महत्वाकांक्षा पूरा गर्न निसन्देह चिनियाँ साझेदारको आवश्यकता हुन्छ । विकासको बाटोमा विस्तारै ठीक ढंगले निरन्तर अगाडि बढेर भारतले आफ्नो अर्थतन्त्रलाई १० देखि २० वर्ष भित्र एक उल्लेखनीय स्थानमा पु¥याउँन सक्छ ।

तर यसका लागि धेरै विश्वका शक्तिहरूले भारतको पक्षमा देखिएका छैनन । यस सन्दर्भमा अन्तर्राष्ट्रिय शक्तिको सहयोगका लागि तत्काल भारतलाई चीन बाहेक अन्य देशको सहयोग पाउन गाह्रो हुन्छ ।

सन् १९४७ देखि पश्चिमा देशहरूले भारतलाई ठोस आर्थिक सहयोग ग¥यो तर युरोप र अमेरिका दुबैले भारतलाई एक बजार भन्दा बढी कुनै महत्व दिएको पाइदैन । यस्तोमा भारतले आफ्नो सुपरपावर बन्ने सपना पूरा गर्न चीनको सहयोग लिएर सम्भव होला भन्ने देखिदैन ।

Nabintech