११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेमा कोरोनाका कारण ६२ बर्षिय पुरुषको मृत्यु


कोहलपुर /कोरोनाभाइरस संक्रमणको लक्षण देखिए पछि अस्पताल भर्ना भएका एक जनाको सोमवार राती नेपालगन्जमा मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारार्थ नेपालगन्ज ५ का ६२ वर्षीय पुरुषको सोमवार अबेरराती ११ः ४० बजे मृत्यु भएको हो । योसंगै बाँकेमा कोरानाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ भने देशभर १०८ पुग्यो ।
बाँके जनस्वास्थ्यका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले मृत्युको घटना पुष्टि गरेका छन् । दुवै साइट छाती दुखेर पीसीआर चेक गर्दा कोरोना संक्रमण पुष्टि भएका ती पुरुष तीन दिनअघि मात्र अस्पताल भर्ना भएका थिए ।

Nabintech