२२ फाल्गुन २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
रारा सहकारीका २१ जना कर्मचारीको कोरोना विमा


कोहलपुर/बाँकेको कोहलपुरस्थित रारा बिजय बहुउदेश्यी सहकारी संस्थाले २१ जना कर्मचारीको विमा गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएको यो अबस्थामा समुदायमा जाने तथा कार्यलयमा काम गर्ने २१ जना कर्मचारीको कोरोना बिमा गरेको सहकारीले जनाएको छ ।
सहकारीले मुख्य कार्यालय कोहलपुर र शाखा कार्यालय जि गाउँमा रहेका कर्मचारीहरुको कोरोना बिमा गरेको हो । बिश्व यतिबेला कोरोनाबाट त्रसित भएको अबस्थामा फिल्डमा खटिने कर्मचारीहरुको सुरक्षाका लागि कोरोना बिमा गरिएको सहकारीका प्रबन्धक दिपक राईले बताउनुभयो ।
उहाँले कोहलपुर र जि गाउँ कार्यालयमा रहेका कर्मचारीहरुको एक एक लाख बराबरको कोरोना बिमा गरिएको जानकारी दिनुभयो । यसरी कर्मचारीहरुको सुरक्षाका लागि संस्थाले उनीहरुको सम्मान र हौसला स्वरुप बिमा गरिएको उहाँको भनाइ छ ।

Nabintech