१ बैशाख २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बन्द क्रसरबाट बिक्रि गरिएका गिट्टी र बालुवा सहितका ट्रिपर प्रहरी नियन्त्रणमा


कोहलपुर/ अबैध गिट्टी र बालुवा बोकेको भन्दै शसस्त्र प्रहरीले ९ ओटा ट्रिपर नियन्त्रणमा लिएको छ ।
प्रशासनले बन्द गराएको क्रसर उद्योग र बालुवा प्रशोधन उद्योगबाट गिट्टी र बालुवा बिक्रि गरेको शसस्त्र प्रहरी शमसेरगंजले आईतवार ट्रिपरहरु नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार भग्य लक्ष्मी क्रसर उद्योग लगाएतका उद्योगबाट बिल काटेर गिट्टी र बालुवा बिभिन्न स्थानमा लैजान लागिएको थियो ।
शसस्त्र प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेको मौखीक आदेशमा उक्त ट्रिपरहरु रोकिएको हो । प्रशासनले छानबिनका क्रममा रहेका क्रसर उद्योगबाट स्टक माल उठाउन समेत रोकेको प्रहरीको भनाई छ । मापदण्ड बिपरीत सञ्चालन गरिएको भन्दै बाँकेका २४ क्रसर र बालुवा प्रशोधन उद्योगको जिल्ला प्रशासन कार्यालय बाँकेले बिजुलीको लाईन काटेको थियो

Nabintech