१० माघ २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
आज नेकपा सचिवालय बैठक बस्दै


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ । बिहान ९ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीमा देखिएका समस्या समाधानका विषयमा छलफल हुने एक सचिवालय सदस्यले नयाँ कोर्सलाई जानकारी दिए ।

आजको बैठकमा अध्यक्षद्वयले गठन गरेको कार्यदल, मन्त्रिमण्डल पुनर्गठन, पार्टीको महाधिवेशन र अहिलेसम्मका विवादका विषयमा छलफल हुने ती सचिवालय सदस्यले जानकारी दिए । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको ६ सदस्यीय कार्यदललाई आजको सचिवालय बैठकले अनुमोदन गर्नेछ । कार्यदलको बैठक जारी छ ।

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ ुप्रकाशुले सचिवालयले गठन प्रक्रियालाई अनुमोदन गरेपछिमात्रै त्यसको प्रतिवेदन बैठकमा छलफल हुनुपर्ने धारणा राखेपछि बैठकमा कार्यदल गठनको निर्णय अनुमोदन हुन लागेको हो ।

मन्त्रिपरिषदका सदस्य परिवर्तन गरेर सरकारलाई प्रभावकारी पार्ने विषयमा पनि छलफल गर्ने तयारी छ । अर्का एक सचिवालय सदस्यले मन्त्रिमण्डलका सदस्य परिवर्तन गर्ने विषय कार्यदलको प्रतिवेदन आएसँगै गर्ने वा स्थायी कमिटी बैठकपछि गर्ने भन्ने विषय टुंगो नलागेको जानकारी दिए ।

विवाद बढेसँगै नेकपाको सचिवालय बैठक पनि लामो समयदेखि बस्न सकेको थिएन । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डुबीच विवाद समाधानको सहमति भएसँगै तत्कालका लागि नेकपाको विवाद सकिएको छ ।

Nabintech