६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर उद्योग वाणिज्य संघको चुनावि चर्चा

प्रगतिशिल प्यानलबाट खनाल र प्रजातान्त्रीकबाट पौडेल



कोहलपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चर्चा सुरु भएको छ । आगामी बैशाखमा हुने उद्योग वाणिज्य संघको चुनावी साधारण सभा नजिकिए सगै व्यावसायी बीच नयाँ नेतृत्वका लागि चर्चा सुरु भएको हो ।
कोहलपुर उद्योग बाणिज्य संघमा बिगतमा जस्तै २ ओटा प्यानल बनाएर चुनावी प्रतिस्पर्धा हुने व्यावसायीको आँकलन छ । कोहलपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नरेन्द्र प्रसाद शर्माले प्रगतिशल व्यावसायी र प्रजातान्त्रीक व्यावसायी बिच प्यानल बनाएर प्रतिस्पर्धा हुनसक्ने नयाँ कोर्ष लाई बताए । शर्माले व्यावसायीक हितका लागि व्यावसायीक समुहहरु बीच स्वस्थ प्रतिस्पर्धा हुनु पर्ने धारणा राखे । कोहलपुर उद्योग वाणिज्य संघको यही बैशाख २७ गते चुनावी साधारण सभाले २२ सदस्य नयाँ कार्यसमिति चयन गर्ने बताईएको छ ।
आधिकारीक निर्णय हुन बाँकी रहेकाले प्रगतिशिल व्यावसायि समुह बाट अध्यक्ष पदमा विष्णु प्रसाद खनाल र नम प्रसाद शर्मा को नाम चर्चामा छ । सो समुहले २ मध्ये १ जना लाई अध्यक्षको उम्मेदवार बनाउने बताईएको छ । श्रोतका अनुसार प्रगतिशिल प्यानल बाट अध्यक्षमा बिष्णु खनाल , बरिष्ट उपाध्यक्षमा तेज प्रसाद अधिकारी , उपाध्यक्षमा बलराम भट्टराई ,अन्जना धिताल , महासचिवमा नविन खड्का, उप महासचिवमा खेम राज शर्मा कोषाध्यक्षमा खेम राज घिमिरे लगायत सम्भावना प्रवल रहेको छ । प्रगतिशिल समुहले सोमवार उम्मेदवार टुगो लगाउने बताईएको छ । सो प्यानल बाट सदस्यहरुमा ओम प्रकाश चापागाई, कृष्णा चालिसे , गोपाल अधिकारी , राजिव पौडेल , मेघराज अधिकारी , पुन्य प्रसाद तिवारी , रुप लाल परियार , पुर्णिमा पौडेल, गंगा भण्डारी र एमडि कडेलले उम्मेदवार बन्ने श्रोतको दाबि छ ।
यसैगरी प्रजातान्त्रीक उद्योगी व्यावसायीको समुह बाट अध्यक्षमा उम्मेदवार लक्ष्मण पौडेल, वरिष्ठ उपाध्याक्षमा प्रदिप भट्टराई ,उपाध्यक्ष उद्योग तर्फ चण्डी गैरे, वाणिज्य तर्फ संगिता सुवेदी,महासचिवमा देवानन्द आर्याल उपमहासचिवमा दिपकराज भण्डारी,कोषाध्याक्षमा सिता कार्की, नाम टुगो लागेको सो समुहका अगुवा तथा संघका पुर्व अध्यक्ष चिन्तामणी धितालले जानकारी दिए ।
प्रगतिशिल समुह बाट अध्यक्ष पदमा उम्मेदवारको चर्चामा रहेका विष्णु प्रसाद खनाल यसअघि उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवार भई चुनावी प्रतिस्पर्धा गरेर थोरै मत अन्तर प्राजित भएका थिए । उनी कोहलपुर उद्योग वाणिज्य संघको सस्ंथापक सदस्य हुन् । नम प्रसाद शर्मा हाल कार्य समितिका वरिष्ठ उपाध्यक्ष भुमिका निर्वाह गरेका हुन् । प्रजातान्त्रीक समुहका अध्यक्षको लागि चर्चामा रहेका लक्ष्मण पौडेल उद्योग वाणिज्य संघ उपमहासचिव भुमिका निर्वाह गरिसकेका हुन् ।

Nabintech