११ माघ २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपा कोहलपुर वडा नं १२ को वडा कमिटीको बैठक सम्पन्न


कोहलपुर \नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कोहलपुर वडा नं १२ को वडा कमिटीको बैठक सम्पन्न भएको छ । बैठकले स्थानीय,प्रदेश र संघको निर्वाचनमा पार्टी बिरुद्ध निर्वाचनमा पार्टीका उम्मेद्वारलाई हराउने भुमिकाको नेतृत्व गर्ने नर बहादुर खड्कालाई कारवाहीकालागि माथिल्लो कमिटीमा सिफारिस गरेको छ ।वडा कमिटी अध्यक्ष केशव लम्सालको अध्यक्षतामा बसेको बैठकले पार्टी एकतालाई बलियो बनाउन एकता विरोधी कुनै पनि गतिविधी नगर्न वडामा रहेका सबै नेता तथा कार्यकताहरुलाई आग्रह गरेको छ । यसैगरी बैठकले वडामा हुने सवै विकास निर्माणका काममा जनप्रतिनिधीहरुले चुनावी घोषणा पत्रमा प्रतिद्धता गरे अनुसार काम गर्न पार्टी नेतृत्वसँग अनिवार्य सहकार्य गरेर अघि बढ्ने गरि निर्देशन दिएको छ ।


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेका जिल्ला सचिवालय सदस्य क्षेत्र नं १ का संयोजक सूर्य ढकालको प्रमुख आथित्यमा सम्पन्न बैठकमा जिल्ला कमिटी सदस्यहरु सावित्रा पुन,नारायणी वली,कोहलपुर नगर कमिटी सदस्य टेक बहादुर शाही र राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य खेमराज शर्माको उपस्थिती रहेको थियो । बैठकको सञ्चालन वडा सचिव दुर्गा तारमले गर्नु भएको थियो ।

Nabintech