काठमाडौं /नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भेटवार्तामा पार्टीमा देखिएको विवाद अन्त्यको प्रयास हुने बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पाँच दिनमै नेकपाभित्रको विवाद अन्त्य हुने बताएको भोलि पल्ट नै भएको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ । आजको भेटवार्तामा निकासका लागि ओलीले महाधिवेशन आयोजक समिति बनाएर अगाडि बढ्ने नयाँ प्रस्ताव गर्ने स्रोतको दावी छ ।
पटक पटकका भेटवार्ता निष्कर्षमा नपुगेपछि पछिल्लो एकहप्तादेखि अध्यक्षद्वय ओली प्रचण्डबीच संवादहीनताको अवस्था थियो ।