१० माघ २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा दैनिक एक दर्जन ट्रकमा भारतीय तरकारी र फलफुल आयात

स्थानीय सरकार र प्रहरी प्रशासनको मिलेमतोमा भारतीय तरकारी आयात



कोहलपुर/कोरोनाका कारण भारतमा दैनिक १ हजार बढीको ज्यान गई रहेको
छ । कोरोनाको महामारी फैलन नदिन बाँकेमा दोस्रो पटक निशेधआज्ञा जारी गरिएको छ । मानिसलाई घर बाहिर निस्कन दिईएको छैन ।
तर, कोहलपुर मुख्य बजार १० बिगाह स्थित तरकारी तथा फलफुल बजारमा दैनिक १ दर्जन बढि भारतीय सवारी साधनमा फलफुल र तरकारी अनलोड भई रहेको छ ।
मंगलवार नयाँ कोर्सकर्मी उक्त स्थानमा पुग्दा ३ ओटा भारतीय ट्रकमा केरा लगायतका फलफुल र तरकारी अन लोड भई रहेको थियो ।
एक व्यावासयीका अनुसार लकडाउनका समयमा कोहलपुरमा केही समय भारतीय तरकारी आयात रोकीएको थियो । तर नेपालमा आलु प्याज लगायतका तरकारीहरुको मुल्य बढेसंगै व्यवसायीहरुले भारतबाट आयात गर्न सुरु गरेका हुन ।
उनका अनुसार केरा लगायत फलफुल पनि ठुलो मात्रामा भारतबाट आई रहेको
छ । भारत बाट आउने ट्रकमा फलफुल र तरकारीसंगै एक ट्रकमा कम्तीमा ३ जना भारतीय नेपाल आउने भएकाले कोरोन संक्रमको जोखिम उच्च हुने गरको ति व्यवसायीले बताए ।
बहुउदेश्य जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष बल बहादुर खडकाले कोरोना महामारीका समयमा भारतीय तरकारी र फलफुल आयात गर्नु गलत भएको
बताए । उनले बढी नाफा कमाउने व्यापारी , स्थानीय सरकार र प्रहरी प्रशासनको मिलेमतोमा भारतीय तरकारी आयात भई रहेको दाबी गरे । उनले कोरोनको उच्च संक्रमण रहेको भारत बाट अति आवश्यकीय पेट्रोलियम पदार्थ बाहेकका बस्तुको पुर्ण रुपमा आयात रोक्न प्रशासनले तत्काल कदम चाल्नु पर्ने बताए ।
कृषि उपज बजार स्थल कोहलपु ११ दशबिगाह बाँकेका अध्यक्ष छबिलाल भटराईले आलु व्याज र फलफुलहरु दैनिक रुपमा आउने गरेको स्विकार गरे । उनले हरियो तरकारी भने भारतवाट नल्याएको दाबि गरेका छन । उनले नेपालगंज नाकामा बाँके प्रशासनले कडाई गरे संगै धनगडी नाका बाट व्यवसायीहरुले आयात गरेको उनको भनाई छ ।

Nabintech