३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
फोहरमैला प्रसोधन केन्द्रका बिरुद्ध कोहलपुर ९ मा संंघर्ष समिती

वडा अध्यक्ष भन्छन् : स्थानीयको बिरोध भयो अव अन्यत्र सारौ



कोहलपुर \कोहलपुर नगरपालिका वडा नं ९ का स्थानीयले झण्डहवा गाँउ नजिक फोहर मैला प्रशोधन केन्द्र निर्माण गर्न नदिने भएका छन् ।
मंगलवार झण्डहवामा कोहलपुर ९ का अध्यक्ष ठाकुर प्रसाद थारुको अध्यक्षता भएको गाँउ भेलाले कोहलपुर नगरपालिका र जटायु रिसाईकिलर्स बिच साझेदारमा निर्माण गरिने फोहर मैला प्रशोधन केन्द्र बन्न नदिने निर्णय भएको हो ।
अध्यक्ष थारुले आफुले भुलवस सिफारिस पत्रमा हस्ताक्षर गरेको भएपनि जनताको बिरोध र असन्तुष्टीमा आफ्नो सर्मथन रहेको बताए । उनले सो स्थानबाट कोहलपुर नगरपालिकाले फोरह मैला प्रशोधन केन्द्र अन्यत्र र्सानु पर्ने बताए ।
स्थानीय वासिन्दाको भेलाले उक्त फोहर मैला प्रशोधन केन्द्र अन्यत्र सार्न दवाव दिन एक संघर्ष समिती गठन गरिएको छ । नरेन्द्र हरिजनको संयोजकत्वमा गठन भएको समितीले कोहलपुर नगरपालिका , जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापन पत्र बुझाउने बताईएको छ ।

सोमवार नयाँ कोर्स अनलाईनमा कोहलपुर नगरापलिका द्धारा हचुवाको भरमा निजि कम्पनि लाई २ करोड अनुदान शिर्षकमा समाचार प्रकाशित भएको थियो ।
फोहर मैला व्यवस्थानमा कुनै अनुभव नभएको र भरखरै स्थापना गरिएको संस्थालाई कोहलपुर नगरपालिकाले २ करोड अनुदान दिएर उक्त स्थानमा फोहर मैला व्यवस्थापन केन्द्र निर्माण गर्न लागिएको समाचार प्रकाशित भएर संगै स्थानिय पनि बिरोधका लागि तातिएका हुन ।
कोहलपुर नगरपालिका वडा नं ९ मा भरखरै खुलेको जटायु रिसाईकिलर्स प्रा लिसंग साझेदारमा २ करोड कोहलपुर नगरपालिका र ९८ लाख सो सस्थाको साझेदारीमा फोरह मैला व्यवस्थापन गर्ने गरि सम्झौता भई सकेको छ ।
स्थानीय बासिन्दाले हचुवाको भरमा बातावरणीय प्रभाव मुल्याङकन बिना फोहर मैला प्रसोधन केन्द्र खोल्न नगरपालिका अगाडी बढेको स्थायिनको भनाई छ । स्थानियका अनुसार निर्माण गरिन लागेको फोहर मैला प्रशोधन केन्द्र झण्डहवा गाउ देखी १ सय मिटरको दुरीमा छ । स्थानियका अनुसार चिल्ड्रन पार्क निर्माण गर्ने भनेर झुक्काएर जग्गाका सधियारहरु संग सहमति पत्रमा हस्ताक्षर गराईएको छ ।
उक्त कम्पनी सञ्चालक मध्येका एक हरि केसीले भरखरै मात्रै उक्त कम्पनी खोलिएको स्विकार गर्दै आफुहरुले घर घर बाट नै फोरह मैला बर्गिकरण गरेर उठाउने सोच रहेको बताए । आफुहरुको नाममा रहेको ३ बिगाह क्षेत्रफलमा कोहलपुर नगरपालिकाको २ करोड र आफुहरुको ९८ लाख लागतमा फोहर मैला प्रशोधन केन्द्र बनाउन लागिएको जानकारी दिए । भाद्र महिना देखि घर घर बाट फोर उठाएर उक्त स्थानमा लगि प्रसोधन गरिने उनको भनाई छ । कुहिने र नकुहिने फोहर मैला लाई अलग अलग तरिकाले प्रसोधन गरिने उनले नयाँ कोर्सलाई बताए ।

Nabintech